लागूऔषधसहित सात जना पक्राउ « Khabarhub

लागूऔषधसहित सात जना पक्राउ


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय  २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उता कपिलवस्तुको बाणगंगा नगरपालिका-७ घेरुवा बनगाई नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १  ग्राम २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-७ बनगाई बस्ने ३६ वर्षीय ज्ञानराज परियार समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी, मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा  सुनसरी ईटहरी उपमहानगरपालिका(२० बस्ने ३७ वर्षीय अमृत पुरी र सुनसरी धरान उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुशान्त रिजाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : २४ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा