ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड « Khabarhub

ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् । 

टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर हुन् । जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गरेको छ । आज भने तिथि ढिला लागेकाले करिब ११ बजेपछि भक्तजनको बढी भीड लागेको जनाइएको छ ।

यस वर्ष आज बिहान सूर्योदयकालमा चौथी तिथि भए पनि मध्याह्नकालमा पञ्चमी तिथि लाग्ने भएकाले आजै ऋषिपञ्चमी पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको थियो । आज नेपाली नारीले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन हुन्छ ।

आइतबार बेलुकी दर खाएपछि यस वर्षको तीज सुरु भएको थियो । नेपाली नारीले मात्र मनाउने मौलिक पर्वका रुपमा रहेको तीज पर्व सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतलगायत वैदिक सनातन हिन्दु धर्मावलम्बीको बसोबास रहेका मुलुकमा पनि मनाउन थालिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : ४६ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र