कृषिमा आत्मनिर्भर बन्दै शैलुङ « Khabarhub

कृषिमा आत्मनिर्भर बन्दै शैलुङ


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोलखा– सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभरा देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलु खन्दै गरेका दृश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन् । बारीका गरा निकै सुन्दर र हरियाली देखिन्छन् । 

दोलखाको शैलुङ गाउँपालिका–८ शैलुङ डाँडाको तल्लो भागमा स्थानीयले बन्दा, काउली, मटरकोसा, केराउ, गाँजर, हरियो मकैलगायत बेमौसमी तरकारी खेती गरेका छन् । यहाँका किसानले लाखौँ मूल्य बराबरको आलु बिक्री गरेका छन् । 

स्थानीय लालबहादुर श्रेष्ठका अनुसार यो ठाउँ निकै अग्लो स्थानमा पर्ने भएकाले पनि यहाँको आलु, काउली, बन्दालगायत तरकारी बारीमै ठेक्का लाग्छ । यहाँको तरकारी बढीजसो काठमाडौँ बिक्रीका लागि लैजाने गरिन्छ । शैलुङ माथिको भागझोर, मनागाउँ, कालापानी, ढुङ्गे, छाँगा गुफा, फालाटे, चित्रे पाखा, भैंसे, खोरण्डे, कुने, डोबाटालगायत स्थानमा यावसायीकरुपमा तरकारी खेती गरिँदै आएको छ । 

तरकारी खेतीले दिनचर्या फेरिएकामा किसान दङ्ग छन् । किसानले तरकारी खेतीबाटै आफ्नो घरखर्च मात्रै चलाएका छैनन् छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउँदै केही रकम बचतसमेत गर्ने गरेका छन् ।  

कुनै बेला आफ्नो बारीबाट जति गरे पनि खान सम्म नपुग्ने यहाँका कृषक अहिले व्यावसायीक तरकारी खेतीमा लागेपछि आयआर्जन बढेको छ । किसानले एकै याममा रु पाँच लाखसम्मको तरकारी  बेच्छन् । शैलुङ–८ कालापानीका गोपाल थपलिया  काउली बेचेर घरखर्च चलाउन सहज भएको बताउँछन् । सोही ठाउँका लालबहादुर श्रेष्ठले पनि यसपालि रु तीन लाखको काउली बेचेको सुनाए। यहाँका कृषक व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका छन् । कतिपय किसान व्यावसायिक चौंरी पालनमा छन् भने कोही भेडाबाख्रा पालनमा व्यस्त भेटिन्छन् । 

लोप हुँदै गएको भेडापालनबाट समेत यहाँका किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । यहाँ घुम्न आउने आन्तरिक पर्यटक किसानले उत्पादन गरेको तरकारी लिएरै फर्किने गरेका छन् । स्थानीय कृषकको एउटै गुनासो छ, ‘हामीले व्यावसायीकरुपमा खेती गर्दा सरकारले हाम्रो उत्पादन गर्न सहयोग गरेको छैन, सडक सुविधा नहुँदा उत्पादित काउली, गाँजर, मटरकोसा, आलु बारीमै कुहिँदा दुःख लाग्छ ।’ 

अहिले शैलुङका सबैजसो कृषक व्यावसायिक खेतीमा लागेका छन् । यहाँ उत्पादित सामग्री काठमाडौँ पुग्छ । शैलुङका किसानले उत्पादन गरेको आलुलाई मुडेको भन्दै बेच्ने गरेको देख्दा मन खल्लो हुने गरेको स्थानीय कृषक लालबहादुर श्रेष्ठ बताउँछन् ।

यहाँको आलु तथा अन्य तरकारी बजारीकरण गर्न स्थानीय समाजसेवी तथा पर्यटनको क्षेत्रमा काम गर्दै आएका सोभित उप्रेती लागि परेका छन्। उनी भन्छन्, ‘शैलुङका किसानको आर्थिक अवस्था बलियो बनाउनका लागि तरकारी बजारीकरण गर्न पहल गरिरहेका छौँ’, उनले भने । यहाँको सडक बाह्रै महिना चल्ने बनाउन सके किसानले पसिनाको मूल्य पाउने उप्रेतीको भनाइ छ । 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ५ : ५१ बजे

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा