विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित « Khabarhub

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ । भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा गएराति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै न्युजिल्याण्डले फराकिलो जित निकालेको हो ।

न्युजिल्याण्डले जितका लागि दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३९ रनमा समेटियो ।

अफगानिस्तानका रहमत शाहले ३६ रन बनाए । यस्तै, अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फर्गुसनले ३–३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका टम लाथमले ६८ र विल योङ्गले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले २–२ तथा रासिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए ।

जारी विश्वकपमा न्युजिल्याण्ड ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा छ भने २ अंक रहेको अफगानिस्तान अन्तिमबाट दोस्रोमा छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : ४४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु