बन्द घडी घरमा राख्दा कस्तो फल मिल्छ ? « Khabarhub

बन्द घडी घरमा राख्दा कस्तो फल मिल्छ ?


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

समय हेर्ने सबैभन्दा भरपर्दो माध्यम भनेको घडी नै हो । अन्यथा टेलिभिजन, रेडियो वा अन्य माध्यमबाट समय थाहा पाउन सकिन्छ ।

तर समय बताउने घडी सही दिशामा भएन भने यसले हानी गर्छ । अर्थात् समय हेर्नका लागि मात्र घडी राखिएको छ, तर यसको सही दिशामा राखिएको छैन भने वास्तुशास्त्र अनुसार हानी समेत हुनसक्छ ।

वास्तुशास्त्रका अनुसार घरमा एउटा घडी राख्नुले भाग्य उदय हुने विश्वास गरिन्छ । तर बन्द भएको घडी घरमा राख्दा वास्तुशास्त्रले पनि राम्रो मानेको छैन ।

बन्द घडीले घरमा राहु काललाई निम्त्याउने गर्दछ । त्यसैले जतिसक्दो चाँडो बन्द घडीको ब्याट्री छिट्टै परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी घरमा राख्दा नकारात्मक शक्ति उत्पन्न हुन्न ।

घरबाट सकारात्मक ऊर्जा हराउँछ र नकारात्मक ऊर्जा बसिरहन्छ भन्ने वास्तुशास्त्रले भनेको छ । घरमा नकारात्मक ऊर्जा बढ्दा घरका मानिसका कामहरू बिग्रन थाल्छन् ।

घरको पश्चिम र दक्षिण दिशामा कहिले घडी राख्नु हुँदैन । पश्चिम दिशामा घाम अस्ताउँछ । पश्चिममा घडी राख्यो भने मानिसको समय पनि पश्चिममा डुब्छ । यस कारणले विवाहित मानिसहरूमा पनि नराम्रो समय हुनसक्छ । समयलाई काल पनि भनिन्छ र पश्चिम दिशा कालको दिशा हो ।

घरको दिशालाई यमको दिशा भनिन्छ । दक्षिणी दिशामा घडी राखिए यमले आफ्नो समय देखाउन सुरु गर्दछन् भन्ने मान्यता छ ।

त्यस कारण कहिल्यै दक्षिण दिशामा घडी राख्नु हुँदैन यदि यस दिशामा घडी राख्दा जीवनमा धेरै समस्या आउने विश्वास गरिएको छ । यस दिशामा घडी राख्दा जीवनमा प्रगति रोकिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ०९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको