अन्तर्राष्ट्रिय

संकटमा क्यानडाको गाँजा व्यवसाय

By मनोज घिमिरे

October 19, 2023

क्यानडामा गाँजाले वैधानिकता पाएको पाँच वर्षसम्म बजार पाउन सकेको छैन। जर्ज स्मिथरम्यानलाई सन् २०१८ मा पहिलो पटक खुलम खुला नेदरल्यान्ड्सबाट भाङ खरिद गरेको याद छ। सो भाङ कम्पनीले दुई वर्षे अमेरिकी परेर स्नप डङसँग सम्झौता गरेको थियो।

उनलाई यो पनि थाहा थियो कि क्यानडामा उनले खरिद गरेको भाङजन्य पदार्थको संयोजन गरेर बनाइएको वस्तुलाई प्याक गरेर बेच्ने गरिएको थियो।

उनी क्यानडामा लामो समय चलेको गाँजाको व्यापारले अन्ततः कानुनी मान्यता पाएपछि यसले कुनै पनि समय उठाउन सक्ने कुरामा आशावादी थिए। तर पाँच वर्षपछि अहिले क्यानडामा केही आर्थिक समस्या देखा परेको छ। यस कारण उनी एकदमै आजित र वाक्क भएका छन्। उनले गरेको लगानी पनि खेर जाने अवस्थामा छ।

स्मिथरम्यानले पहिलो पटक पसलमा गाँजा राख्दा पसल नै सुन्दर भएको महसुस गरेका थिए। ‘मैले यो पनि पत्तो पाएको थिइन कि यो स्पा हो या शृङ्गारको पसल हो,’ उनले अगाडि भने।

उनलाई अझै पनि केही कुराले रोमाञ्चित तुल्याउने गरेको छ। लामो समयको प्रयास पछि क्यानडामा गाँजा खेती र व्यापारले वैधानिकता पाएको थियो। नयाँ बजारमा लगानी पनि एकपछि अर्को गर्दै बढी रहेको थियो।

पाँच वर्षपछि त्यहाँ गाँजा उद्योग सङ्घर्ष गरिरहेको छ। उद्योगमा सहभागीको पुरानो जोस र उत्साह भत्किएको छ। धेरै जनाले सो समयमा रातारात धनी हुने सपना पनि देखेका थिए।

अरुरा कानबास क्यानडाको सबैभन्दा ठुलो गाँजा कम्पनी हो। अल्बर्टामा रहेको यो उद्योगले गत अगस्ट महिनामा आफूलाई केन्द्रित गर्दै सबै कुराको व्यापारमा नयाँ चरण तय गर्ने योजना बनाएको छ।

त्यसै महिना अर्को ठुलो कम्पनी क्यानोयी ग्रोथले मल्टी मिलियन डलरमा आफ्नो सामान खरिद गरेको छ। सन् २०१७ पछि पहिलो पटक यो व्यापार त भयो। तर यसरी व्यापार गर्ने क्रममा आफैले मूल्यमा गिरावट गरेको थियो। यसको वास्तविक उत्पादक सुरुवातमा हर्ष क्यानडा थियो।

पछिल्लो समय आएर यसले सबै काम गरेको हो। यी दुईलगायत अन्य ठुला कम्पनीले कामदारलाई नयाँ विकल्प खोज्नका लागि प्याजी रङको सङ्केत गरीसकेका छन्। धेरै कम्पनी खर्च कटौती गर्नका लागि यो निर्णयको नजिक पुगेका हुन्।

धेरै विज्ञ र अर्थशास्त्रीले कानुनको भड्किलो मापदण्ड र स्वास्थ्यमा धेरै सावधानी भएका कारण यसमा धेरै समस्या आएको हो।

क्यानडामा कानुनी रूपले वैधता पाए पनि यसको प्रयोग गर्नका लागि केही मापदण्ड भने पुरा गर्नुपर्छ।

धेरैको सोच भने अलि फरक पनि छ। माग भन्दा उत्पादनमा चासो बढी भएका कारण गाँजा अर्थतन्त्रको सन्तुलन नै बिग्रिएको हो।

क्यानडामा गाँजाको उत्पादन गर्न खुला भएको संसारको थोरै देश मध्येको एक हो। तथापि त्यहाँ उत्पादन भएका गाँजा देश बाहिर निर्यातका लागि धेरै कठिनाइ छ। देशभर पनि त्यत्ति धेरै उपयोग नभएपछि यसको व्यापारमा गिरावट आएको हो।

अहिले क्यानडाको गाँजा उत्पादकको प्रमुख भएका ओन्टारियो पूर्व राजनीतिज्ञ स्मिथरम्यान कै विचारमा चुनौती सुरुवातका दिनमा नै थिए। सुरुमा यसलाई अनुमति त दिइएको थियो। परन्तु कुनै रोडम्याप नै थिएन।

सन् २०१८ मा क्यानडाले नयाँ ऐन पास गरेको थियो। यसले भाङ जन्य पदार्थको सेवन गर्नेलाई कानुनी रूपले प्रयोगका लागि प्रेरित गर्ने धेरै उत्पादक कम्पनीको नीति थियो। भाङजन्य पदार्थमा थोरै लगानी भएको भए पनि धेरै रोगमा औषधिको काम गर्ने भएका कारण यसलाई प्रयोग गर्ने नीति लिइएको हो।

अन्य औषधिको व्यापारमा असर गर्ने र गाँजाले ठुलो व्यापार गर्ने सोच पनि धेरैको थियो। केही आर्थिक तथ्य भने साँचो ठहरिएका छन्।

क्यानडामा गाँजाको व्यापार र कारोबार अर्बको रूपमा नै तय हुने गरेको छ। सन् २०२२ मा डेलौइट क्यानडाले गाँजाले देशको कुल गार्हस्थ्य उत्पादनमा ४३ दशमलव ५९ अमेरिकी डलर वृद्धि गरेको जनाएको छ।

क्यानडामा गाँजाको सवालमा प्रादेशिक फरक नियम पनि छैन। मतलब देशको जुनसुकै स्थानबाट गाँजाको व्यापार र उत्पादन हुन सक्छ।

पछिल्लो समय गाँजामा गरिएको लगानीमा १ सय ३१ अर्ब क्यानडाली डलर बराबरको घाटा भएको पनि जनाइएको छ।

ब्रुक विश्व विद्यालयमा गाँजाको अध्ययन र अनुसन्धान गरी रहेका माइकल आर्म स्ट्रङ सुरुवात उत्साह देखिए पनि अहिले धेरै समस्या आएको बताउँछन्।

सुरुवाती दिनमा त धेरै सटरहरू रित्तिएका पनि थिए। नियम आएको केही समयसम्म त माग पुरा गर्न कठिन हुने हो कि भन्ने पनि देखिएको थियो।

यसले धेरैलाई उत्पादनमा उत्साह मिलेको थियो। सुरुवातमा गाँजा र भाङजन्य पदार्थमा नापा देखेर धेरैले यसमा चासो दिएका थिए। विस्तारै प्रतिस्पर्धात्मक बजारका कारण भाउ घट्न थालेको थियो।

सन् २०२३ मा क्यानडामा तीन हजार ६ सय आधिकारिक मान्यता पाएका गाँजा भण्डार केन्द्र तथा ९ सय ७० गाँजा उत्पादक कम्पनी रहेका छन्। यसमा केही मात्रामा नाफामा छन्। २० प्रतिशतको मात्र सकारात्मक पोजेभीट क्यासफ्लो ब्याक छ।

क्यानडामा अझै केही अप्ठेरा भएको महसुस गरिएको छ। जसले गाँजा उत्पादक कम्पनीलाई अप्ठेरो पारेको छ। त्यहाँ विज्ञापन गर्न बर्जित छ। सरकारले तोकेको मापदण्ड अनुसारको प्याकिङ आवश्यक छ।

त्यहाँबाट केही देशमा मात्र पठाउन सहज हुनेछ। उरुग्वेमा गाँजाले कानुनी मान्यता पाएको छ। अमेरिकाका केही राज्यमा मान्यता पाएको छ। सर्वत्र मान्यता पाएको छैन।

सन् २०२२ मा थाइल्यान्ड गाँजालाई कानुनी मान्यता दिने पहिलो एसियाली देश बनेको हो। युरोपमा कानुनी मान्यताको बहस चलेको छ। तथापि त्यहाँ कानुनी मापदण्ड एकदमै ढिला भएको छ।

स्मिथरम्यानले गाँजाले सामुदायिक स्वास्थ्यमा सकारात्मक असर गर्ने र नकारात्मक असर नगर्ने जनाउँदै यसको सहज कानुनी मापदण्डका लागि धेरै समय आवाज उठाइ सकेका छन्। तथापि यसको सुनुवाइ भएको छैन। उनको विचारमा कानुनी कुरामा केही सुधार भएमा यसले बजारमा तत्काल सुधार गर्नेछ। स्रोतः बीबीसी