उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

श्रेष्ठको सचिवालयका अनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । उनको मुटुको हिजो नै एन्जीओप्लास्टी गरिएको छ । उनलाई माइल्ड हर्टअट्याक भएको बताइएको छ ।

भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको बताइएको छ। गृहमन्त्री श्रेष्ठको मुटुमा एन्जियोप्लाष्ट गरी एउटा स्ट्याण्ड राखिएको छ। आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १० : ४९ बजे

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा