एसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य « Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रन बनायो । 

नेपालका अर्जुन कुमालको १ सय ४२ रनको शतकीय पारी खेले भने आकाश त्रिपाठीले ८९ रनको योगदान गरे । यस्तै, दीपक बोहराले २९, विशाल विक्रम केसीले २४ तथा दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले १४–१४ रन बनाए ।

साउदीका मुहमद अमद राजा र मुहमद अहमदले दुई-दुई तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले एक–एक विकेट लिए ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबाबमा छन् ।

समूह ‘ए’ मा रहेका नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईदुई खेल जितिसकेका छन् । दुई खेलबाट समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा छ भने साउदी दोस्रो स्थानमा छ ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ११ : ५६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण