एसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य « Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रन बनायो । 

नेपालका अर्जुन कुमालको १ सय ४२ रनको शतकीय पारी खेले भने आकाश त्रिपाठीले ८९ रनको योगदान गरे । यस्तै, दीपक बोहराले २९, विशाल विक्रम केसीले २४ तथा दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले १४–१४ रन बनाए ।

साउदीका मुहमद अमद राजा र मुहमद अहमदले दुई-दुई तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले एक–एक विकेट लिए ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबाबमा छन् ।

समूह ‘ए’ मा रहेका नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईदुई खेल जितिसकेका छन् । दुई खेलबाट समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा छ भने साउदी दोस्रो स्थानमा छ ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ११ : ५६ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले