दसैँसँगै बढ्यो पर्यटकको चहलपहल  « Khabarhub

दसैँसँगै बढ्यो पर्यटकको चहलपहल 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय क्षेत्र सौराहासँगै भरतपुरका पर्यटकीय होटलमा पर्यटकको चहलपहल निकै बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार कात्तिक लागेसँगै पर्यटकको चहलपहल निकै बढेको हो । दसैँको पूर्णिमासम्म २० हजारभन्दा बढी पर्यटकले बुकिङ गरिसकेका छन् । यो क्रमशः बढ्दै गएको उनले बताए।

अहिले बुकिङ भएका पर्यटक ३० देखि ३५ प्रतिशत युरोपियन, २० देखि २५ प्रतिशत चिनियाँ, १५ प्रतिशत हाराहारी भारतीय र अन्य आन्तरिक रहेका छन् । दसैँभर सौराहाका होटल ८५ देखि ९० प्रतिशत बुकिङ हुने उनको अनुमान छ । उनले भने, ‘ढिलो गरी पर्यटकको आगमन आशालाग्दो गरी बढेको छ ।’ सौराहामा एक सय ३६ वटा होटलमा छ हजार दुई सय बेड छन् । 

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले आन्तरिक र विदेशी पर्यटकको आगमन निकै राम्रो रहेको बताए। उनले भने, ‘दसैँ, तिहार वरिपरि राम्रो हुने संकेत देखिएको छ ।’ कात्तिक महिनामा दसैँ धमाका भनेर घिमिरेको जंगल सफारी लजले दुई रात तीन दिनको १२ हजारको प्याकेजसमेत ल्याएको छ । घिमिरेले भने, ‘यस वर्ष ढिलो गरी पर्यटकीय यामसुरु भएको छ, पर्यटकको आशालाग्दो उपस्थिति छ ।’

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडा होटलमा बस्ने र घुमेर फर्किने पर्यटकका कारण रेष्टुरेन्टमा चहलपहल बढेको बताउँछन् । सौराहामा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुलेको छ । यसले पनि पर्यटकको सङ्ख्या बढेको अनुमान छ । होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कात्तिकमा ५० प्रतिशत र मङ्सिरमा पूरै बुकिङ भइसकेको बताए। पर्यटकको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ ।

यता भरतपुरको पटिहानीमा गत सातादेखि नै पर्यटकको चहलपहल बढेको छ । होटल जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलका अनुसार दसैँको समयमा ८० देखि ९० प्रतिशत बुकिङ हुने देखिएको छ । गत साता ९० प्रतिशत बुकिङ थियो । अहिले ६० प्रतिशतभन्दा माथि बुकिङ रहेको उनले बताउनुभयो । पटिहानीमा सातवटा पर्यटकीय होटल छन् ।

यस्तै पर्यटकीय क्षेत्र मेघौलीमा पनि पर्यटकको सङ्ख्या उल्लेख्य रहेको व्यवसायी बताउँछन् । मेघौलीमा तीनवटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन् । मैघौलीमा रहेको साराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुबोध प्रधानले यस क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको बताए । पछिल्ला दिनमा पर्यटकको आगमन र बुकिङ बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायत निकुञ्ज आसपासका पर्यटकीय होटलमा पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : २१ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्