शैक्षिक सुधारको मूल आधार बाल शिक्षा हो : मुख्यमन्त्री शर्मा « Khabarhub

शैक्षिक सुधारको मूल आधार बाल शिक्षा हो : मुख्यमन्त्री शर्मा


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारको आधार बाल शिक्षा भएको बताएका छन्।

शिक्षा पत्रकार समूहद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी’ रुपान्तरण तथा कर्णालीका विद्यालयमा शिक्षाको अवस्था प्रादेशिक बहसमा बोल्दै उनले शिक्षाको मूल आधार बालशिक्षा भएको बताएका हुन् । मुख्यमन्त्री शर्माले भने, “जग बलियो नभई घर बलियो हुँदैन । शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रमा राखेपनि आपसी सहकार्यविना अपेक्षित नतिजा आउन सक्दैन ।”

शैक्षिक सुधारको मूल आधार स्थानीय तह भएकाले बजेट र जनशक्ति दुवै बलियो बनाउनुपर्ने भन्दै उनले कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० नमूना विद्यालय बनाउने गरी आवश्यक कार्य अघि बढाउन लागेको बताए । यसका लागि कार्यविधि निर्माण भइरहेको छ”, मुख्यमन्त्री शर्माले भने, “शिक्षण सिकाइ केन्द्र निर्माण गरी अनलाइन र भौतिकरूपमा विद्यार्थी पढाउने शिक्षक र अभिभावकबीचको अन्तक्र्रिया तथा स्थानीय तहलाई पाठ्यक्रम निर्माणमा प्रदेश सरकारले सहयोग गर्नेछ ।”

कर्णाली प्रदेशको ठूलो भूगोल तर न्यून बजेटका कारण शिक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन नसकेपनि आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरू परिवर्तन हुनेगरी शिक्षामा सुधार आउने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले लेखेका चिठ्ठी तथा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले प्रकाशन गरेको ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी पुस्तक’ मुख्यमन्त्री शर्मालाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : २० बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न