महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल | Khabarhub Khabarhub

महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार देशीय महिला टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि नेपालले जापानविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टस जितेर नेपालले जापानविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

शनिबार नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमै अलआउट भएको थियो ।

चार देशीय सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी-२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्।तान्जानिया र हङकङले उपाधिका लागि आजै ११:४५ बजे प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : २० बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना