महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार देशीय महिला टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि नेपालले जापानविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टस जितेर नेपालले जापानविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

शनिबार नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमै अलआउट भएको थियो ।

चार देशीय सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी-२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्।तान्जानिया र हङकङले उपाधिका लागि आजै ११:४५ बजे प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : २० बजे

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका