नेपालमा पनि मनाइयो विश्व शौचालय दिवस | Khabarhub Khabarhub

नेपालमा पनि मनाइयो विश्व शौचालय दिवस


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व शौचालय दिवस नेपालसहित विश्वभर जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष विश्व शौचालय दिवसको नारा ‘परिवर्तनलाई बढावा दिऔँ’ भन्ने रहेको छ । नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

तर पनि सबै नेपालीहरुमा शौचालयको पहुँच पुग्न सकेको छैन । नेपालमा अझै पनि झण्डै साढे ५ प्रतिशत जनसंख्यामा शौचालयको अभाव रहेको एक तथ्याङ्कले देखाएको छ ।

काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा सार्वजनिक शौचालय रहेपनि अप्याप्त रहेको नागरिकहरुको गुनासो छ । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वभर दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ५९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले