अष्ट्रेलियाका बलर हाबी हुँदा पावरप्लेमै भारतलाई झट्का | Khabarhub Khabarhub

अष्ट्रेलियाका बलर हाबी हुँदा पावरप्लेमै भारतलाई झट्का


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतलाई पावरप्ले मै झट्का लागेको छ । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले सुरुवाती १० ओभरमा दुई विकेट गुमाएको थियाे ।

ओपनर ब्याटर दुबै गुमाएको भारतले १० ओभरमा २ विकेट गुमाएर ८० रन बनायो । उसका लागि कप्तान तथा ओपनर ब्याटर रोहित शर्मा ४७ रन बनाएर आउट भए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

भारतलाई आक्रामक सुरुवात दिलाएका उनी ग्लेन म्याक्सवेलको बलमा छक्का हान्न खोज्दा ट्रेभिस हेडको हातबाट क्याचआउट भए । सुरुमै आउट भएका अर्का ओपनर शुभमान गिल ४ रनमै आउट भए भने चौथो नम्बरमा आएका भरपर्दा भनिएका श्रेयस अय्यर पनि ४ रनमै आउट भए ।

यो समाचार तयार पार्दासम्म भारतले १५ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ । क्रिजमा कीर्तिमानी ब्याटर विराट कोहली र यसअघि अष्ट्रेलियासँगको खेलमा ९७ रन बनाएका केएल राहुल छन् ।

अष्ट्रेलियाका लागि प्याट कुमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिएका छन् । भारत न्युजिल्याण्डलाई हराउँदै फाइनल पुगेको हो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : १८ बजे

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व

सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती

लाताकिया – सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको

आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको छः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले

साफ यु–१९ च्याम्पियनसिप : यस्तो छ श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती –११

काठमाडौं – साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्नका लागि नेपालले सुरुवाती

गर्मी बढेसँगै सर्पको बिगबिगी

महोत्तरी – वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा