जहाँ भाउजूलाई पत्नी नबनाउँदा समाजले हेप्छ ! « Khabarhub

जहाँ भाउजूलाई पत्नी नबनाउँदा समाजले हेप्छ !


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाका सांसद् एवं पूर्वमन्त्री छक्कबहादुर लामा पञ्चायतकालमै बिहेवारी गरेर राजनीतिमा होमिए । घरैमा रहेकी श्रीमती र देवरबीच मायाप्रेम झाँगियो । छोराछोरी जन्मे । छक्कबहादुरको समुदायमा देवर र भाउजूबीच सम्बन्ध रहे पनि दाजुले बहुपतिका रुपमा त्यसलाई स्वीकार्नैपर्दछ र बहुपतिका रुपमा रहनुपर्दछ । तर, सांसद लामाले बहुपतिप्रथा मानेनन् र अर्कै बिहे गरे ।

सांसद लामाले एकनिष्ट परिवार रोजेका कारण उनको समुदायबाट अहिलेसम्मै आलोचित छन् । अहिले पनि सांसद लामा आफ्नो मूलघरमा सहज रुपमा जान पननि हिच्किचाउँछन् । यसको एउटै कारण हो– उनले साझा श्रीमतीसँग बस्न चाहेनन् । श्रीमतीसँग उनको बोलचाल नभएको धेरै भइसक्यो ।

हुम्लाका अघिकांश हिमाली गाउँमा रहेका आदिवासी समुदायमा अहिले पनि एउटी महिलाले ३/४ जना पति राख्ने चलन छ । घरमा जति दाजुभाइ छन्, उनीहरुमध्ये जेठाले बिहे गरेपछि पुग्छ । अरु भाइले बिहे नै गर्दैनन् । दाजुकी पत्नीलाई उनीहरु भाउजू भन्छन् तर श्रीमतीकै रुपमा शारीरिक सम्बन्ध राख्छन् ।

कुनै भाइले भाउजूसँग रहन चाहेन र छुट्टै बिहे गर्यो भने परिवारबाट अंश दाबी गर्न पाउँदैन । उसले गाउँ नै छाडेर हिँड्नुपर्ने हुन्छ । सांसद छक्कबहादुर लामा पनि अहिलेसम्म यही पीडा भोगिरहेका छन् ।

घरको सम्पूर्ण व्यवहार भाउजूले सम्हाल्छिन् । जेठो भोटतिर गएको छ भने माइलो खर्कतिर जान्छ । साँहिलो देवर शहरतिर लागेको हुनसक्छ । कान्छो देवर घरमै छ भने उसबाट पहिले सन्तान जन्मन्छ । अरु भाइको सन्तान जन्माउने पालो पछि आउँछ ।

हुम्ला बारगाउँकी इंकित लामाका तीन श्रीमान् छन् । हरेक भाइका तर्फबाट उनले पालैपालो तीन सन्तान जन्माएकी छिन् । व्यवहारतः पति–पत्नी भए पनि माइला र साइँलाले उनलाई भाउजू भन्छन् । तीनै जना पति र एक जना पत्नी आपसमा मिलेर घरबार चलाएका छन् ।

नेपालको दुर्गम हिमाली भेगमा रहेको यही अनौठो किसिमको बहुपति प्रथालाई ‘सहायक श्रीमान’ नामक सर्ट मुभीका रुपमा उतारेका छन् पत्रकार गणेश पाण्डेले । पाण्डेको यही डकुमेन्ट्रीले अहिले क्यानडाबाट उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

पाण्डेले हिमाली भेगमा चार वर्ष लगाएर अध्ययन गरी निर्माण गरेको चलचित्र हेर्दा यस्तो लाग्छ, त्यहाँको समुदायमा एक पुरुषले एक जना महिलासँग बिहे गर्नु समाजविरोधी कार्य हो । त्यहाँको समाजमा भाउजूलाई साझा पत्नी मानेर बस्नुपर्ने बाध्यता छ ।

तर, पछिल्लो समय बजार र पुँजीको विकाससँगै बहुपति प्रथा कम हुँदै गएको सांसद लामाले डकुमेन्ट्रीमा बताएका छन् ।

३९ मिनेटको सहायक श्रीमान् मुभीमा नेपालको एउटा अनौठो सामाजिक परम्परा देख्न पाइन्छ । यस्तो बहुपति प्रथालाई नेपालको कानूनले मान्यता दिएको छैन । तर, हुम्लाका गाउँमा राज्यको कानुन लागू हुँदैन ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ३३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र