जहाँ भाउजूलाई पत्नी नबनाउँदा समाजले हेप्छ ! « Khabarhub

जहाँ भाउजूलाई पत्नी नबनाउँदा समाजले हेप्छ !


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाका सांसद् एवं पूर्वमन्त्री छक्कबहादुर लामा पञ्चायतकालमै बिहेवारी गरेर राजनीतिमा होमिए । घरैमा रहेकी श्रीमती र देवरबीच मायाप्रेम झाँगियो । छोराछोरी जन्मे । छक्कबहादुरको समुदायमा देवर र भाउजूबीच सम्बन्ध रहे पनि दाजुले बहुपतिका रुपमा त्यसलाई स्वीकार्नैपर्दछ र बहुपतिका रुपमा रहनुपर्दछ । तर, सांसद लामाले बहुपतिप्रथा मानेनन् र अर्कै बिहे गरे ।

सांसद लामाले एकनिष्ट परिवार रोजेका कारण उनको समुदायबाट अहिलेसम्मै आलोचित छन् । अहिले पनि सांसद लामा आफ्नो मूलघरमा सहज रुपमा जान पननि हिच्किचाउँछन् । यसको एउटै कारण हो– उनले साझा श्रीमतीसँग बस्न चाहेनन् । श्रीमतीसँग उनको बोलचाल नभएको धेरै भइसक्यो ।

हुम्लाका अघिकांश हिमाली गाउँमा रहेका आदिवासी समुदायमा अहिले पनि एउटी महिलाले ३/४ जना पति राख्ने चलन छ । घरमा जति दाजुभाइ छन्, उनीहरुमध्ये जेठाले बिहे गरेपछि पुग्छ । अरु भाइले बिहे नै गर्दैनन् । दाजुकी पत्नीलाई उनीहरु भाउजू भन्छन् तर श्रीमतीकै रुपमा शारीरिक सम्बन्ध राख्छन् ।

कुनै भाइले भाउजूसँग रहन चाहेन र छुट्टै बिहे गर्यो भने परिवारबाट अंश दाबी गर्न पाउँदैन । उसले गाउँ नै छाडेर हिँड्नुपर्ने हुन्छ । सांसद छक्कबहादुर लामा पनि अहिलेसम्म यही पीडा भोगिरहेका छन् ।

घरको सम्पूर्ण व्यवहार भाउजूले सम्हाल्छिन् । जेठो भोटतिर गएको छ भने माइलो खर्कतिर जान्छ । साँहिलो देवर शहरतिर लागेको हुनसक्छ । कान्छो देवर घरमै छ भने उसबाट पहिले सन्तान जन्मन्छ । अरु भाइको सन्तान जन्माउने पालो पछि आउँछ ।

हुम्ला बारगाउँकी इंकित लामाका तीन श्रीमान् छन् । हरेक भाइका तर्फबाट उनले पालैपालो तीन सन्तान जन्माएकी छिन् । व्यवहारतः पति–पत्नी भए पनि माइला र साइँलाले उनलाई भाउजू भन्छन् । तीनै जना पति र एक जना पत्नी आपसमा मिलेर घरबार चलाएका छन् ।

नेपालको दुर्गम हिमाली भेगमा रहेको यही अनौठो किसिमको बहुपति प्रथालाई ‘सहायक श्रीमान’ नामक सर्ट मुभीका रुपमा उतारेका छन् पत्रकार गणेश पाण्डेले । पाण्डेको यही डकुमेन्ट्रीले अहिले क्यानडाबाट उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

पाण्डेले हिमाली भेगमा चार वर्ष लगाएर अध्ययन गरी निर्माण गरेको चलचित्र हेर्दा यस्तो लाग्छ, त्यहाँको समुदायमा एक पुरुषले एक जना महिलासँग बिहे गर्नु समाजविरोधी कार्य हो । त्यहाँको समाजमा भाउजूलाई साझा पत्नी मानेर बस्नुपर्ने बाध्यता छ ।

तर, पछिल्लो समय बजार र पुँजीको विकाससँगै बहुपति प्रथा कम हुँदै गएको सांसद लामाले डकुमेन्ट्रीमा बताएका छन् ।

३९ मिनेटको सहायक श्रीमान् मुभीमा नेपालको एउटा अनौठो सामाजिक परम्परा देख्न पाइन्छ । यस्तो बहुपति प्रथालाई नेपालको कानूनले मान्यता दिएको छैन । तर, हुम्लाका गाउँमा राज्यको कानुन लागू हुँदैन ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ३३ बजे

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य