क्रिकेट

भारतलाई अर्को झड्का, केएल राहुल ६६ रनमा आउट

By खबरहब

November 19, 2023

काठमाडौं- लगातार विकेट गुमेसँगै दबाबमा परेको भारतलाई ठूलो झड्का लागेको छ । विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध जारी खेलमा केएल राहुल छैटौं विकेटका रुपमा पेभेलिएन फर्केका छन् । यससँगै भारतको ब्याटिङ धराशायी भएको छ ।

यसअघि भारतका रवीन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट हुँदा सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस ऐय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका प्याट ममिन्स र मिचेल स्टाकले २-२ तथा ग्लेन म्याक्सवेल, जोस हाज्लेवुडले समान १–१ विकेट लिए ।