भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्रले तीन हजार स्वयंसेवक खटाउने « Khabarhub

भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्रले तीन हजार स्वयंसेवक खटाउने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीको निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ ।

भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । प्रत्येक वडामा २१ जनाको टोली सक्रिय हुनेछ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा एक सय पाँच जनाको ज्यान गएको थियो भने एक सय १२ जनाभन्दा बढी घाइते भएका थिए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ३४ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट