रौतहटबाट आधुनिक हतियार बरामद « Khabarhub

रौतहटबाट आधुनिक हतियार बरामद


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

रौतहट- सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाई नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ ।

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : २६ बजे

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर