अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि « Khabarhub

अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलियाले कीर्तिमानी छैटौँ पटक आईसीसी विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले खेल सकिन ४२ बलअघि भेट्टायो ।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले शतक प्रहार गरे । १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै एक सय ३७ रन बनाए । त्यसैगरी, मार्नस लाबसेनले ५८ रन जोडे । ११० बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । चौथो विकेटका लागि हेड र लाबसेनले एक सय १९२ रनको साझेदारी गरेका थिए । सातौँ ओभरमा ४७ रनमा ३ विकेट गुमाएको अवस्थाबाट अस्ट्रेलियाले जित हासिल गरेको हो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले १५, स्टिभन स्मिथले ४, ग्लेन म्याक्सवेलले २ र डेभिड वार्नरले ७ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले १ विकेट लिए । त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो ।

भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए ।

शुभमन गिल ७ बल खेल्दै चार रन बनाएर पभेलियन फर्किए । सूर्यकुमार यादव २८ बल खेल्दा एक चौकासहित १८ रनमा आउट भए । श्रेयस ऐय्यर तीन बलमा ४ रन बनाएर आउट हुँदा रवीन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए ।

मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा तीन बल खेलेका जसप्रित ब्रुमराह १ रनमा पभेलियन फर्के । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिदा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ४० बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका