अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि « Khabarhub

अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलियाले कीर्तिमानी छैटौँ पटक आईसीसी विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले खेल सकिन ४२ बलअघि भेट्टायो ।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले शतक प्रहार गरे । १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै एक सय ३७ रन बनाए । त्यसैगरी, मार्नस लाबसेनले ५८ रन जोडे । ११० बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । चौथो विकेटका लागि हेड र लाबसेनले एक सय १९२ रनको साझेदारी गरेका थिए । सातौँ ओभरमा ४७ रनमा ३ विकेट गुमाएको अवस्थाबाट अस्ट्रेलियाले जित हासिल गरेको हो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले १५, स्टिभन स्मिथले ४, ग्लेन म्याक्सवेलले २ र डेभिड वार्नरले ७ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले १ विकेट लिए । त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो ।

भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए ।

शुभमन गिल ७ बल खेल्दै चार रन बनाएर पभेलियन फर्किए । सूर्यकुमार यादव २८ बल खेल्दा एक चौकासहित १८ रनमा आउट भए । श्रेयस ऐय्यर तीन बलमा ४ रन बनाएर आउट हुँदा रवीन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए ।

मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा तीन बल खेलेका जसप्रित ब्रुमराह १ रनमा पभेलियन फर्के । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिदा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ४० बजे

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : एमाले उपमहासचिव भट्टराई

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक