विश्वकप क्रिकेटका ८ कीर्तिमान | Khabarhub Khabarhub

विश्वकप क्रिकेटका ८ कीर्तिमान


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्टोबर ५ बाट सुरु भएको विश्वकप क्रिकेट आइतबार सकियो । १३ औं संस्करणको यो एकदिवसीय क्रिकेटको विश्वकपमा धेरै कीर्तिमान रचिएका छन् भने केही कीर्तिमान भंग भए ।

सचिन तेन्दुलकरको कीर्तिमान भंग

यस विश्वकपमा विराट कोहलीले सचिन तेन्दुलकरको सर्वाधिक एकदिवसीय शतकको कीर्तिमान भंग गरे । यसै विश्वकपमा ३ शतक प्रहार गरेका विराटको एक दिवसीय शतक सङ्ख्या ५० पुगेको छ । सबै भन्दा धेरै एक दिवसीय शतक प्रहार गर्ने खेलाडीको रूपमा उनले नयाँ कीर्तिमान कायम गरे । यसअघि सो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले खेल जीवनमा ४९ एक दिवसीय शतक प्रहार गरेका छन् ।

धेरै रनको कीर्तिमान

विराट कोहलीले एउटै विश्वकपमा सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि कायम गरेका छन् । यो कीर्तिमान कायम क्रममा गर्ने क्रममा उनले सचिन तेन्दुलकरलाई पछि पारे । कोहलीले यस विश्वकपमा ७ सय ६५ रन प्रहार गरेका छन् । यसअघि तेन्दुलकरले सन् २००३ को विश्वकपमा ११ पारीमा ६ सय ७३ रन प्रहार गरेका थिए । सो विश्वकपमा पनि भारतले फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।

फराकिलो हार-जीतको कीर्तिमान

१३ औ संस्करणको एकदिवसीय क्रिकेट विश्वकपको तेस्रो दीन दक्षिण अफ्रिकाले श्रीलङ्काको विरुद्धमा ५ विकेटको क्षतीमा ४ सय २८ रनको योगफल खडा गरेको थियो । विश्वकप क्रिकेटमा एकै पारीमा सबै भन्दा धेरै रनको योगफलको कीर्तिमान सहित कीर्तिमानको क्रम अन्तिम दिनसम्म पनि कायम रह्यो ।

यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानसँगको खेलमा ६ विकेटको क्षतीमा ४ सय १७ रन बनाएको थियो ।
सोही खेलमा क्वीन्टन डी ककले १ सय, रुसेन भान डेर डुसेनले १ सय ८ तथा आइडन म्यामक्रमले १ सय ६ रनको पारी खेले ।

एकै पारीमा तीन शतकको कीर्तिमान बनेको सो खेलमा म्याक्रमले ४९ बलमा शतक पुरा गरेका थिए । त्यसको १९ दिन पछि ग्लेन म्याक्सवेलले नेदरल्यान्ड्सको विरुद्धमा ४० बलमा शतक पुरा गर्दै सो कीर्तिमान भङ्ग गरे ।

नेदरल्यान्ड्स र अस्ट्रेलिया बिचको सो खेलमा अस्ट्रेलिया ३ सय ९ रनले विजयी भएको थियो । अस्ट्रेलियाले ८ विकेटको क्षतीमा बनाएको ३ सय ९९ रनको जवाफमा ब्याटिङ गरेको नेदरल्यान्ड्स ९९ रनमा सीमित भएको थियो । नेदरल्यान्ड्सको सो हार विश्वकप इतिहासकै सबै भन्दा अन्तरको हार जितको कीर्तिमान पनि होे ।

यसअघि अस्ट्रेलियाकै नाममा सो कीर्तिमान थियो । सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई २ सय ५७ रनले हराएको थियो । ८ वर्षअघि पर्थमा भएको खेलमा ४सय १७ रनको जवाफमा ब्याटिङ गरेको अफगानिस्तान १ सय ४२ रनमा सीमित भएको थियो ।

फराकिलो अन्तरको हारको कीर्तिमान भएको यस विश्वकपकै खेलमा नेदरल्यान्ड्सका बलर बीडब्लुडी लिडले १० ओभर बलिङ गरेर १ सय १५ रन खर्चेका थिए । यो नै विश्वकपमा एकै पारीमा एकै बलरले सबै भन्दा बढी रन खर्चिएको कीर्तिमान हो ।

तथापि उनको भन्दा बढी इकोनोमी भएका अन्य बलर नभएका होइनन् । लिडको सो पारीको इकोनोमी ११ दशमलव ५० थियो । सन् २०१९ को विश्वकपमा अफगानिस्तानका खानले ९ ओभरमा १सय १० रन खर्चेका थिए । खानको इकोनोमी १२ दशमलव २२ थियो । लिड भन्दा अघि धेरै रन खर्चिएको कीर्तिमान पनि खानकै नाममै थियो ।

विश्वकपमा सर्वाधिक शतक

यसै विश्वकपका भारतीय कप्तान रोहित शर्माले दुई शतक प्रहार गरे । यसअघि सन् २०१५ को संस्करणमा पाँच शतक प्रहार गरेका उनले यस विश्वकपमा दुई सहित कुल ७ विश्वकप शतक प्रहार गरे । यो एउटा नयाँ कीर्तिमान पनि हो । उनले सचिन तेन्दुलकरको ६ विश्वकप शतकको कीर्तिमानलाई पछि पारेका हुन् । सचिनको कीर्तिमानसँग अस्ट्रेलियाका डेभिड वार्नरले पनि बराबरी गरेका थिए । वार्नरले पनि ६ विश्वकप शतक पुरा गरेका छन् ।

सर्वाधिक छक्काको कीर्तिमान

एक दिवसीय क्रिकेटमा एउटै प्रतिद्वन्द्वी विरुद्ध धेरै छक्का प्रहार गर्ने कीर्तिमान रोहितको नाममा रहेको छ । रोहितले एक दिवसीय क्रिकेटमा ८६ छक्का प्रहार गरेका छन् । सो कीर्तिमान यसअघि क्रिस गायलको नाममा थियो । गायलले इङ्गल्यान्ड विरुद्ध ८५ एक दिवसीय छक्का प्रहार गरेका छन् ।

उनले विश्वकपमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमानमा पनि गायललाई पछि पारेका हुन् । गायलको ४९ विश्वकप छक्काको कीर्तिमान भङ्ग गरेका उनले ५४ छक्का प्रहार गरे ।

एकै म्याचमा ६ क्याच

यसै विश्वकपमा दक्षिण अफ्रिकाका विकेटकिपर क्वीन्टन डीककले अफगानिस्तानसँगको खेलमा ६ क्याच लिए । उनले पाकिस्तानका सरफराज अहमद र अस्ट्रेलियाका एडम गिलक्रिस्टसँग बराबरी गरे । गिलक्रिस्टले सन् २००३ मा नामीबीयासँगको खेलमा तथा सरफराजले सन् २०१५ मा दक्षिण अफ्रिकासँगको खेलमा ६ क्याच लिएका थिए ।

सर्वाधिक शतक

सन् २०१५ को विश्वकपमा ३८ सत्तक प्रहार भएको थियो । सन् २०२३ मा ३९ सत्तक प्रहार गरे । एकै विश्वकपमा सबै भन्दा धेरै शतक प्रहार भएको यसै विश्वकप हो ।

उपाधिमा अस्ट्रेलियाको कीर्तिमान

क्रिकेट कीर्तिमानको खेल हो । यस विश्वकपमा पनि धेरै कीर्तिमान भने भारतीय खेलाडीको नाममा रहेको छ । भारत फाइनल सम्म आउँदा एक खेल पनि नहारेको टिम हो ।

तर, भारत कीर्तिमानी विश्वविजेता अस्ट्रेलियासँग फाइनलमा पराजित भयो । योसँगै अस्ट्रेलिया सर्वाधिक ६ पटक विश्वकप क्रिकेटको उपाधि जित्ने देश बनेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो ।

श्रोत: क्रिकइन्फो, क्रिकबज, ओलम्पिक, स्पोट्स केडिया

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ५८ बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत