विश्वकपको उपाधि जित्न भारतलाई फेरि अस्ट्रेलिया बाधक « Khabarhub

विश्वकपको उपाधि जित्न भारतलाई फेरि अस्ट्रेलिया बाधक


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकपमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको छ । ट्रेभिस हेडको शतकीय इनिङ्स घरेलु टिम भारतका समर्थकलाई स्तब्ध बनाउन महत्वपूर्ण बन्यो भने यही शतकमा अस्ट्रेलियाले विश्वकपको उपाधि चुम्यो ।

यसअघि भारतले अस्ट्रेलियासँग सन् २००३ मा दक्षिण अफ्रिकामा फाइनल हारेको थियो । घरेलु मैदान अहमदावादमा त्यही हारको बदला लिने भारतको लक्ष्य यसपटक पनि पूरा हुन सकेन । अस्ट्रेलियाको जितसँगै १२ वर्षपछि विश्वकप जित्ने भारतको सपना पनि अधुरै रह्यो ।

यता, अस्ट्रेलियाले समूह चरणमा भारतसँगको हारको बदाला भने लिन सफल भयो । त्यसबेला ६ विकेटले हारेको अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले नै हरायो ।

अस्ट्रेलिया र भारतबीच विश्वकप फाइनलमा यो दोस्रो भेट हो । दुवै भेटमा भारतीय खेलाडीहरु स्तब्ध बनेका छन् । फाइनलमा उच्च फर्ममा रहेको घरेलु टोलीका खेलाडीहरुको प्रदर्शनले समर्थकलाई खुसी दिन सकेन । यस विश्वकपका हरेक खेलमा कुनै न कुनै भारतीय खेलाडीले शतक प्रहार गरेका थिए । तर, फाइनलमा भने भारतीय ब्याटरले त्यो लय दोहोर्‍याउन सकेनन ।

यही खेलमा कप्तान रोहित शर्माबाहेक अन्य भारतीय ब्याटरले छक्का प्रहार गर्न सकेनन् । ‘तीनका ड्रिम’ स्लोगन अर्थात् तेस्रो पटक विश्वकप जित्ने घरेलु समर्थकको सपना रोहित शर्माको टिमले पूरा गर्न सकेन ।

अस्ट्रेलियाले कीर्तमानी छैटौँ पटक उपाधि जितेको छ । यसअघि उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ उपाधि जितेको थियो । उसलाई पछ्याइरहेका भारत र वेस्ट इन्डिजले समान दुई पटक विश्वकपको उपाधि जितेका छन् ।

सबैभन्दा बढी आठ फाइनल खेलेको अस्ट्रेलिया दुई पटक मात्रै हारेको छ । अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो । चार पटक विश्वकप फाइनल खेलेको भारतले खेलेको भारतले दुई पटक हार व्यहोरेको छ । दुवै पटक भारत अस्ट्रेलियासँग स्तब्ध बनेको हो ।

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : २९ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका