शिक्षा शुल्क बढाएको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

शिक्षा शुल्क बढाएको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको गिल्गिट बल्टिस्तानमा शिक्षा शुल्क वृद्धिको विरोधमा प्रदर्शनको आयोजना गरिएको छ । विद्यालयमा आधारभूत सुविधा नभएपनि शुल्क बढाएको भन्दै सयौँ विद्यार्थी तथा अभिभावकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले विद्यालयमा खानेपानी, प्रयोगशाला, फर्निचरजस्ता सुविधाको अभाव रहेको जनाएका छन् । कतिपय अवस्थामा विद्यालयमा अध्यापन गराउने विषयगत शिक्षकहरुको पनि आभाव रहेको छ । उनीहरुले कक्षाकोठा नभएका कारण खुला रुपमा अध्ययन गर्नुपर्ने बाध्यता रहेकोसमेत जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारको बेवास्ताका कारण दशकौँदेखि गिल्गिट बाल्टिस्तानका सार्वजनिक विद्यालयहरुको अवस्था दयनीय रहेको छ ।

गम्भीर आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा हालैका दिनहरुमा विद्यालयहरुले शुल्क बढाएका छन् । काराकोरम विश्वविद्यालयले यसैगरी शुल्क बढाउँदा केही समयअघि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : ५४ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको