शिक्षा शुल्क बढाएको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

शिक्षा शुल्क बढाएको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको गिल्गिट बल्टिस्तानमा शिक्षा शुल्क वृद्धिको विरोधमा प्रदर्शनको आयोजना गरिएको छ । विद्यालयमा आधारभूत सुविधा नभएपनि शुल्क बढाएको भन्दै सयौँ विद्यार्थी तथा अभिभावकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले विद्यालयमा खानेपानी, प्रयोगशाला, फर्निचरजस्ता सुविधाको अभाव रहेको जनाएका छन् । कतिपय अवस्थामा विद्यालयमा अध्यापन गराउने विषयगत शिक्षकहरुको पनि आभाव रहेको छ । उनीहरुले कक्षाकोठा नभएका कारण खुला रुपमा अध्ययन गर्नुपर्ने बाध्यता रहेकोसमेत जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारको बेवास्ताका कारण दशकौँदेखि गिल्गिट बाल्टिस्तानका सार्वजनिक विद्यालयहरुको अवस्था दयनीय रहेको छ ।

गम्भीर आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा हालैका दिनहरुमा विद्यालयहरुले शुल्क बढाएका छन् । काराकोरम विश्वविद्यालयले यसैगरी शुल्क बढाउँदा केही समयअघि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : ५४ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्