अमिताभले छोरीलाई घर दिएपछि अभिषेक-ऐश्वर्या डिभोर्सको चर्चा « Khabarhub

अमिताभले छोरीलाई घर दिएपछि अभिषेक-ऐश्वर्या डिभोर्सको चर्चा


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायबीच डिभोर्सको अपुष्ट समाचार अहिले चर्चामा छ। यसबारे यी दुवै जोडीले मुख खोलेका छैनन्। तर, सार्वजनिक कार्यक्रममा पनि बोलचाल नगर्दा डिभोर्सको कुरा फैलाउनेलाई थप मसला मिलेको छ।

पछिल्लो समय विभिन्न कार्यक्रममा यी जोडी छुट्टा-छुट्टै देखिन्छन्। सँगै भएकोमा पनि उनीहरुको बोलचाल नहुँदा डिभोर्सको ‘र्‍युमर’ सत्य उन्मुख देखिन्छ। भारतीय मिडियाको दाबी अनुसार ऐश्वर्याले अभिषेकको घर छाडेर माइतमा बस्न लागेकी छन्। यद्यपि उनी आफ्नी छोरी आरध्यासँगै देखिन्छन्।

भारतीय मिडियाको दाबी अनुसार ऐश्वर्याले अभिषेकको घर छाडेर माइतमा बस्न लागेकी छन्। यद्यपि उनी आफ्नी छोरी आरध्यासँगै देखिन्छन्।

हालै आरध्याको विद्यालयको एक कार्यक्रममा बच्चन परिवार एकसाथ देखिएको थियो। उक्त कार्यक्रममा पनि अभिषेक र ऐश्वर्या फरक कारमा पुगेका थिए। कार्यक्रमा उनीहरुको बोलचाल भएन, उनीहरुको मुद्रा पनि सम्बन्ध समधुर भएजस्तो देखिँदैन थियो। ऐश्वर्याले ससुरा अमिताभ बच्चन र सासू जयासँग पनि दोहोरो कुराकानी गरिनन्। छोरीसँग मात्रै बोलिन्।

१६ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडीकी एकमात्र छोरी छिन्। उनी १२ वर्षकी भइन्।

कसरी फैलियो डिभोर्सको ‘र्‍युमर’ ?
ऐश्वर्या र ससुरा अमिताभले एक–अर्कालाई इन्स्टाग्राममा अनफलो गरेको दाबीसहित भारतीय मिडियाले समाचार प्रकाशन गरेपछि बच्चन परिवारको सम्बन्धमा चिसो पसेको धेरैले अनुमान गरेका थिए। त्यहीँबाट अभिषेक-ऐश्वर्याको डिभोर्सको हल्ला फैलिएको हो।

अझ अभिषेक विवाहको औंठी नलगाई सार्वजनिक ठाउँमा देखिएको भारतीय मिडियामा चर्चा सुरु भयो। सधैँ औंठी लगाएर हिँड्ने अभिषेकले त्यसबेला किन लगाएनन् ? यसबारेमा उनले स्पष्ट पारेका छैनन्। ‘स्याल कराउने र कुखुरा हराउने एकै समय’ भएको पनि हुनसक्छ।

त्यही समयदेखि ऐश्वर्या छोरीसँग मात्र सार्वजनिक स्थानमा देखिएकी छिन्। अझ अभिषेक विवाहको औंठी नलगाई सार्वजनिक ठाउँमा देखिएको भारतीय मिडियामा चर्चा सुरु भयो। सधैँ औंठी लगाएर हिँड्ने अभिषेकले त्यसबेला किन लगाएनन् ? यसबारेमा उनले स्पष्ट पारेका छैनन्। ‘स्याल कराउने र कुखुरा हराउने एकै समय’ भएको पनि हुनसक्छ।

सम्बन्ध बिग्रिनु पछाडिको कारण
बच्चन परिवारको व्यवहार हेर्दा उनीहरुको सम्बन्धमा चिसोपन आएको खबर झुठो मान्न सकिँदैन। भारतीय मिडियाको दाबी अनुसार यसका दुईवटा कारण छन्, पहिलो- सासू–बुहारीको बेमेल, दोस्रो- नन्द स्वेतासँगको खटपट।

भारतीय मिडियाको दाबीअनुसार हालै बच्चन परिवारले छोरी स्वेतालाई मुम्बईमा रहेको ‘प्रतीक्षा’ बंगला उपहार दिएका थिए। यसमा ऐश्वर्या खुसी थिइनन्। आफ्नो र अभिषेकको विवाह भएको घरमा नन्द स्थायीरुपमा बसेको उनलाई चित्त बुझेको थिएन।

हालै बच्चन परिवारले छोरी स्वेतालाई मुम्बईमा रहेको ‘प्रतीक्षा’ बंगला उपहार दिएका थिए। यसमा ऐश्वर्या खुसी थिइनन्। आफ्नो र अभिषेकको विवाह भएको घरमा नन्द स्थायीरुपमा बसेको उनलाई चित्त बुझेको थिएन।

त्यस्तै, सासू जया र ऐश्वर्याबीच पनि लामो समयदेखि सम्बन्ध बिग्रिएको मिडियाको दाबी छ। बच्चन परिवारमा खरो स्वभावकी जयाको दबदबा चल्ने बताइन्छ। उनी मिडियामा जस्तै घरमा पनि कडारुपमा प्रस्तुत हुने भारतीय मिडियाले लेखेका छन्। यही कारण उनीहरुबीच सम्बन्ध बिग्रिएको दाबी गरिएको छ।

डिभोर्स भयो भने ऐश्वर्याले कति अंश पाउँछिन् ?
अभिषेक बलिउडका चल्तीमै गनिने अभिनेता हुन्। बुबा अभिताभका कारण उनी छायामा परेको उनका समर्थकहरुको विश्लेषण छ। यद्यपि उनका ३८ फिल्ममा प्रायः फ्लप भएका छन् भने केही सुपरहिट भएका छन्।

हाल अभिषेकको सम्पत्ति २८० करोड रहेको बताइएको छ। उनले हरेक महिना करिब दुई करोडको आम्दानी गर्छन्। डिभोर्स भएको अवस्थामा अभिषेकको २५ प्रतिशत सम्पत्ति गुम्न सक्छ।

सन् १९९४ मा ‘मिस वर्ल्ड’ जितेपछि ऐश्वर्याले बलिउडमा इरुवर फिल्मबाट डेब्यू गरिन्। उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्। ‘बोल्ड लुक’का कारण उनी एक समय अत्यधिक रुचाइएकी अभिनेत्री हुन्।

अभिषेकभन्दा ऐश्वर्या धनी ?

सन् १९९४ मा ‘मिस वर्ल्ड’ जितेपछि ऐश्वर्याले बलिउडमा इरुवर फिल्मबाट डेब्यू गरिन्। उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्। ‘बोल्ड लुक’का कारण उनी एक समय अत्यधिक रुचाइएकी अभिनेत्री हुन्।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार ऐश्वर्या अहिले ७७६ करोड भारुकी मालिक हुन्। उनी बलिउडकी सबैभन्दा धनी नायिका मानिन्छिन्।

ऐश्वर्याले एउटा फिल्ममा अभिनय गरेको १२ करोडसम्म लिन्छिन्। एउटा विज्ञापनमा देखिएवापत उनले सात करोडसम्म पारिश्रमिक लिने गर्छिन्। उनका नाममा बान्द्रामा २० करोडको एक सुविधासम्पन्न अपार्टमेन्ट र महँगा कारहरुको संग्रह छ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक