कम्युनिष्टहरु दर्शनमा स्खलित भए, कांग्रेस व्यवहारमा | Khabarhub Khabarhub

कम्युनिष्टहरु दर्शनमा स्खलित भए, कांग्रेस व्यवहारमा



नेपाली कांग्रेस यतिबेला थोरै महाराजगञ्जमा, थोरै रातोपुलमा र थोरै सानेपामा सानो भएर बसेको छ। अन्त पनि थोरै–थोरै छरिएर बसेको छ। नेपाली कांग्रेस जसले यसको परिवर्तनको नेतृत्व गर्यो, त्यो नेतृत्वकर्ता पार्टीको नीति के हो ? त्यो नीतिसँग जोडिएर आम रूपमा उठेका प्रश्नहरूको कसरी समीक्षा गरेको छ ?

सधैँभरि पार्टीको चिन्ता हामीले गर्नु हुँदैन। जसले राम्रो गर्छ, जनताको मन उसैले जित्छ। राम्रो गर्न नसक्नेको पनि निर्णायक जनता नै हुन्। सबै भन्दा ठूलो कुरा जनताको हातमा राजनीतिक न्यायको तराजु बसेको बेला छ। यस्तो बेलामा नेपाली कांग्रेसको नेतृत्वले आफूलाई कसरी परीक्षित गर्न सक्छ, यसैमा उसको भविष्य भर पर्छ।

अहिले पनि २०२० सालपछिको राजनीतिक पुस्ता नेपाली कांग्रेसमा छ। जुन नेतृत्वमा ६० वर्षदेखि निरन्तर सङ्घर्ष गरेको पुस्ता छ। तर, कांग्रेसलाई आयामिक ढंगले कसरी अगाडि बढाउने भन्ने सोच्न सकेको छैन।

नेपाली कांग्रेसमा युवा, अनुभवी भनिएकाहरु छन्, विद्वान् विभूषितहरू बसेका छन्। अहिले पनि २०२० सालपछिको राजनीतिक पुस्ता नेपाली कांग्रेसमा छ। जुन नेतृत्वमा ६० वर्षदेखि निरन्तर सङ्घर्ष गरेको पुस्ता छ। तर, कांग्रेसलाई आयामिक ढंगले कसरी अगाडि बढाउने भन्ने सोच्न सकेको छैन।

विचारमा समृद्ध, व्यवहारमा दरिद्र

नेपाली कांग्रेस एक किसिमले वैचारिक रूपमा सम्वृद्ध पार्टी हो। यसको स्पष्ट आदर्श र दर्शन छ। कतै विचलित हुनुपर्ने छैन। साम्यवादीहरू सपना देखाउँछन्, त्यो कांग्रेससँग छैन। संसारले भाष्य स्वीकार गरेको जुन स्वतन्त्रता र लोकतन्त्र छ, त्यो दर्शन कांग्रेसँग छ। यसैमा केन्द्रित भएर परिवर्तन भइराखेको छ। त्यसैले कांग्रेसमा विचारको शून्यता, सिद्धान्तको शून्यता वा आदर्शको शून्यता छैन।

नीति भनेको समसामयिक परिवर्तन हुन्छ। कार्यक्रम, नीति र योजना आवश्यकताले निर्धारण गर्ने कुरा हो। आदर्श, सिद्धान्त परिवर्तन हुँदैन। नीति, कार्यक्रम, योजना सबैको परिवर्तन हुन्छ। कोही एक ठाउँमा दौडिँदै जाँदा अप्ठ्यारो, गाह्रो ठाउँ आउँछ, त्यहाँ कुद्न सकिँदैन, त्यहाँ परिवर्तन गर्नुपर्छ। दल पनि त्यस्तै हो। हिँड्दै हुनुहुन्छ, ठूलो खोलो आयो भनेर खोलोमा पसिँदैन। त्यसलाई या त घट्न दिनुपर्‍यो, या विकल्प खोज्नुपर्छ।

कांग्रेसले एउटा मान्छेको टाउकोबाट श्रीपेच झिक्ने र अर्को नाम गरेको मान्छेमा श्रीपेच राख्ने भनेर सधैँ सङ्घर्ष गरेको छ। अहिले पनि सभापति फेर्नुपर्‍यो, संसदीय दलको नेता फेर्नुपर्‍यो, पार्टी अब मैले चलाउँछु भनेर बसेका छन्।

पार्टीहरूले पनि परिस्थिति अनुसार नीति, कार्यक्रम र योजनामा निर्णय लिनुपर्छ। तर, कांग्रेसले यही कुरा अनुभव गरिराखेको छैन। परिस्थिति अनुसार नीति योजना कार्यक्रमलाई तयार पर्न सकेको छैन। कार्यान्वयन गर्ने कुरामा पनि जहिल्यै रोकिएर बसेको छ। राम र रावण छुट्टाउन सकेको छैन। राम आए पनि नमस्कार, रावण आए पनि नमस्कार भनेर बसेको छ।

कांग्रेसले एउटा मान्छेको टाउकोबाट श्रीपेच झिक्ने र अर्को नाम गरेको मान्छेमा श्रीपेच राख्ने भनेर सधैँ सङ्घर्ष गरेको छ। अहिले पनि सभापति फेर्नुपर्‍यो, संसदीय दलको नेता फेर्नुपर्‍यो, पार्टी अब मैले चलाउँछु भनेर बसेका छन्।

चलाउन सक्नेले सम्पूर्ण आधार तयार गर्‍यो भने स्वतः टाउकोमा श्रीपेच आइपुग्छ। म गर्न सक्छु भनेर कुदेर आजको दिनमा पार लाग्दैन। त्यसका लागि त आफूले पाएको जिम्मेवारी गरेर देखाउनुपर्‍यो नि।

कहिलेकाहीँ कांग्रेसको प्रशिक्षणमा जाँदा रमाइलो हुन्छ। वडा तहको मान्छेले पालिकाको नेतृत्व भएन भनेर गाली गरिरहन्छ। पालिकाको नेतृत्वले क्षेत्रीय समिति र जिल्ला समिति गुटबाजी गर्छन्, राम्रो गर्दैनन् भनेर झगडा गर्छ। जिल्लाकाले केन्द्रले राम्रो गरेन भन्छन्। कम्तीमा पनि वडाको मान्छेले वडा राम्रो पारेर जनतासँग भिजेर बस्यो भने माथिको नेतृत्व बिग्रिने र सप्रिने कुनै मतलब हुँदैन।

यही अवस्थामा माथिको मान्छेले तल हेर्छ र मेरो मान्छे कहाँ छ भनेर खोजेर टिप्छ। त्यो पनि पाएन भने परिवारका वरिपरिका मान्छे घुमाएर बस्छ। कांग्रेस पार्टीमा वैचारिक दरिद्रता छैन, सिद्धान्त र आदर्श छ। तर, त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा कार्यक्रम र योजनासँग सम्बद्ध विषयहरू देखिएनन्।

कांग्रेस पार्टीमा वैचारिक दरिद्रता छैन, सिद्धान्त र आदर्श छ। तर, त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा कार्यक्रम र योजनासँग सम्बद्ध विषयहरू देखिएनन्।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र एउटा राजनीतिक प्रणाली हो आजसम्म संसारमा प्रयोग भएको प्रणाली मध्येको यो उन्नत मानिन्छ। यसको विकल्प भनेको कि यसलाई खुम्च्याउँदै जाने हो, कि निरङ्कुश ढंगकै शैलीको सेनाको वा कम्युनिस्ट जनवादको वा धर्मका नाममा हुने शासन हुन्। नत्र नेपालको राजनीतिक प्रणाली भनेको पूर्ण रूपमा विकसित, उन्नत अभ्यासभित्र पर्ने प्रणाली यही हो। तर, कुनै पनि राजनीतिक दलले यो प्रणालीभित्र आफूलाई ढाल्नै सकेनन्।

अहिलेको सन्दर्भमा राजनीति व्यवहारवादमा परिणत भएको छ। सिद्धान्तबाट पर भएर व्यवहारमा परिणत हुँदैछ। अहिले व्यवहारको आलोचना धेरै हुन्छ, सिद्धान्तको आलोचना थोरै हुन्छ। कांग्रेसका सदस्यले नेताले त्यो आचरणमा व्यवहारिक भएर सबै कुरा प्रस्ट गर्नु पर्ने हो, त्यो सक्नुभएन। किनभने, उहाँहरू बिस्तारै व्यवहार र आचरणबाट स्खलित भइराखेको अवस्था छ।

चुनावमा गठबन्धन गर्नु गलत

स्थानीय निर्वाचनमा गरेको गठबन्धनसँग नै म पूर्ण रूपमा असहमत हुँ। त्यहीबेला मैले धेरै आलोचना पनि गरेर धेरै लेख लेखेँ। गठबन्धन भनेको नेपालजस्तो ठाउँमा उपयुक्त छैन। जनताको शक्ति कति हो, यसलाई विकास हुन दिनुपर्छ। कि त समान विचारधारा भएको गठबन्धन हुनसक्छ। जसको मिसन नै फरक छ, उनीहरूका बिचमा गठबन्धन गलत हो।

सरकारमा जाँदा गठबन्धन हुन सक्छ। मेरो यो शक्ति छ, तिम्रो यो शक्ति छ, त्यस आधारमा गठबन्धन हुनसक्छ। तर अहिले माओवादीले नेतृत्व गरेको ३२ सिट। नेपाली कांग्रेसले पाएको ८८ सिटमा पनि त्यो ३२ सिटको योगदान छ। त्यो सिट ल्याउँदा ३२ सिट आउने शक्तिको समर्थन छ। गठबन्धनका सबैको लगानी छ। अब नेपाली कांग्रेसले म ठूलो शक्ति हुँ भनेर भन्न नै सक्दैन।

चुनावमा गठबन्धन गरेर आइसकेपछि श्रेय अपश्रेय सबै बोक्नुपर्छ। चुनावमा गठबन्धन गर्नु गलत भयो। जति जनताले मत दिन्छन्, त्यो सबै आफ्नो पहिचान हुन्थ्यो।

अहिले माओवादीले नेतृत्व गरेको ३२ सिट। नेपाली कांग्रेसले पाएको ८८ सिटमा पनि त्यो ३२ सिटको योगदान छ। त्यो सिट ल्याउँदा ३२ सिट आउने शक्तिको समर्थन छ। गठबन्धनका सबैको लगानी छ। अब नेपाली कांग्रेसले म ठूलो शक्ति हुँ भनेर भन्न नै सक्दैन।

मतको हिसाबले हेर्दा नेपाली कांग्रेसले ०६४ सालमा सबै भन्दा कमजोर परिणाम ल्याएको थियो। अहिले संख्याको हिसाबले त राम्रो छ, प्रगति नै गरेको छ। तर समानुपातिक/लोकप्रिय मतबाट हेर्दा धेरै घटेको छ त्यही ०६४ सालकै बराबर हुन खोजेको छ। त्यसैले सानो होस् वा ठूलो गठबन्धनभित्रको सबैको हैसियत बराबर हो। यसको श्रेय, अपश्रेय सबैले भोग्नु पर्छ।

लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने मान्छेको दर्शनमा स्खलन हैन, आचरण र व्यवहारमा स्खलन हो। साम्यवादमा विश्वास गर्नेको दर्शनमा स्खलन भएको हो। अहिलेको प्रयोग भनेको सुधार हुँदै संशोधन हुँदै गएको छ।

अहिले सत्तामा र व्यक्तिमा मार्क्सवादी दर्शनको छेउ पनि छैन, टुप्पो पनि छैन। केही मान्छेहरू त छन्, बाँकी सबै साम्यवादबाट स्खलन हुँदै गएका छन्। उहाँहरू मार्क्सको आवरणमा बहुलवादको अभ्यास गरिरहनुभएको छ। परिणामतः भ्रष्ट्रीकरणका बाटोमा गइराख्नुभएको छ।

तर दुर्भाग्य के भयो भने नेपाली कांग्रेसले लोकतान्त्रिक आचरण सबल बनाएको भए उहाँहरूको स्खलन राम्रो गरी देखिन्थ्यो। कांग्रेसले आफ्नो व्यवहारलाई स्पष्ट गर्न सकेन। त्यस कारण स्खलनको अर्थ भएन र मान्छेहरूमा आकर्षण पैदा गरिराखेको छ, समस्या त्यो हो।

अहिले सत्तामा र व्यक्तिमा मार्क्सवादी दर्शनको छेउ पनि छैन, टुप्पो पनि छैन। केही मान्छेहरू त छन्, बाँकी सबै साम्यवादबाट स्खलन हुँदै गएका छन्। उहाँहरू मार्क्सको आवरणमा बहुलवादको अभ्यास गरिरहनुभएको छ। परिणामतः भ्रष्ट्रीकरणका बाटोमा गइराख्नुभएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र सबैले मानेका छन्। नमान्नेले पनि शब्दमा मात्र नमानेका हुन्। जस्तो- राप्रपा मान्दैन तर उ त्यही संघीय लोकतान्त्रिक गणतन्त्रमा खेलेर बसेको छ। चित्रबहादुर केसीहरू संघीयता मान्नुहुन्न। तर यसैमा लागिरहनु भएको छ। नेमकिपा पनि त्यही हो। त्यसैले सबैले यसलाई ग्रहण गर्नुपर्छ। सत्ताको साँचो हातमा भएकाहरुले बढी जिम्मेवारी लिनुपर्छ।

खोई कांग्रेसका मान्छे ?

परिवर्तनको नेतृत्व गर्दा कांग्रेससँगै अरु पनि सहभागी थिए। त्यस कारण सबैमा बराबर जान्छ। लोकतान्त्रिक शक्ति भएको नाताले नेपाली कांग्रेसमा अलि बढी जिम्मेवारी जान्छ।

सबैले म र मेरो भने, हाम्रो भन्ने आँट कसैले गरेन। अहंकारवादी राजनीतिक चिन्तन हाबी भयो। मनमोहन अधिकारी, गणेशमान सिंहले त्यस्तो सोच्नुभएन। पछिबाट राजनीतिमा आएका मान्छेहरूले म र मेरो भनेर सोचे। म र मेरो भन्ने शब्दावलीबाट मुक्त हुनुपर्‍यो। यो अहिलेको ठूलो समस्या हो।

जहिले पनि सिद्धान्तका कुरा एकातिर भयो र पावर अर्कोतिर भयो। जबकि पावर र प्रिन्सिपल मिलेर जानुपर्ने हो। प्रिन्सिपलले पावरलाई गाइड गर्नु पर्नेमा हाम्रोमा उल्टो भयो।

जहिले पनि सिद्धान्तका कुरा एकातिर भयो र पावर अर्कोतिर भयो। जबकि पावर र प्रिन्सिपल मिलेर जानुपर्ने हो। प्रिन्सिपलले पावरलाई गाइड गर्नु पर्नेमा हाम्रोमा उल्टो भयो। एक अर्काको विरोधी भएर गयो र आज नेपाली कांग्रेसमा हेर्दा पावर/पावर रहिरहेको छ। शेरबहादुरको विरुद्ध शेखरजीहरू हाम्रो एक मत छ भन्छन्।

शेखरजीहरूको विरुद्ध गगनजीहरू छन्। उहाँहरूको विचार के छ ? मानौँ भोलि गगन-शेखरजीहरूले सत्ता लिएर शेरबहादुरजीका मान्छेलाई सम्पूर्ण रूपमा हटाएर पार्टी चलाउन सक्नुहुन्न। त्यसो हो भने त सबै भन्दा कमजोर पार्टी बन्छ।

अहिले कांग्रेसभित्र पावर भर्सेस पावरको सङ्घर्ष भइराखेको छ। पार्टीको समूह छैन, अमूक समूहका मान्छेहरू छन्। कांग्रेसभित्र कांग्रेसका मान्छे नै छैनन्। किनभने, शेखरका मान्छे, गगन समूहका मान्छे, शेरबहादुरका मान्छे भन्छन्। खोई त कांग्रेसका मान्छे ?

प्रणाली सङ्कटमा जान थाल्यो भन्ने हल्ला शासनमा बस्ने खेती मात्र हो। आमरूपमा सबै नेतृत्व असफल भयो भने त प्रणाली सफल हुने कुरा नै हुँदैन। प्रणाली नेतृत्वले हाँक्ने हो। यो त निर्जीव तत्व हो। नेतृत्व आफैं असफल भयो भने स्वाभाविक रूपमा प्रणाली असफल हुन्छ। तर, तत्काल यो अवस्था आउला जस्तो लाग्दैन।

अहिले कांग्रेसभित्र पावर भर्सेस पावरको सङ्घर्ष भइराखेको छ। पार्टीको समूह छैन, अमूक समूहका मान्छेहरू छन्। कांग्रेसभित्र कांग्रेसका मान्छे नै छैनन्। किनभने, शेखरका मान्छे, गगन समूहका मान्छे, शेरबहादुरका मान्छे भन्छन्। खोई त कांग्रेसका मान्छे ?

नेतृत्वले आफैं मैले नै बिगार्न थालें भनेर सोच्नुपर्‍यो किनभने, जसको जिम्मेवारी छ, उहाँहरूले चिसो मस्तिष्कले एकपटक कसरी हुनसक्छ, सोचेर विभिन्न क्षेत्रबाट विचारहरू समेट्नुपर्‍यो जनताले के भनिरहेका छन् भनेर बुझ्नुपर्‍यो, सोच्नुपर्‍यो, छलफल गर्नु पर्‍यो। अनि मात्र केही न केही एउटा प्रणालीगत सुदृढीकरण हुन्छ।
(वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक दाहालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ३३ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको