शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा, बर्सेनि पाँच लाख कमाइ « Khabarhub

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा, बर्सेनि पाँच लाख कमाइ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्। तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोस जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्।

शिक्षक पेसाबाट अवकाश रहेका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनले सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन्। शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आएका छन्।

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन्। विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो। 

दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिरहेका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेतीमा समर्पित गराएको  बताए। 

‘परम्परागत कृषि पेसा पुर्ख्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाखमा रुपैयाँ एकमुष्ट बिक्री गरेँ, गत वर्ष पनि सुन्तला बिक्रीबाट पाँच लाख रुपैयाँ कमाएको हो,’ खड्काले भने। 

चितवनका व्यापारीले सुन्तला बगैँचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन्। आगामी वर्ष केही सुन्तलाको रूखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ। यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहेका छन्।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुगेका हुन्। सुन्तला गाउँका रूपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन्। 

‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो  सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ,’ खड्काले भने, ‘परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानामा सरदर तीन करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गर्दछ।’

पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन्। खड्कासहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आएका छन्।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : ५५ बजे

अमेरिका–रुस आणविक सम्झौता समाप्त हुँदै

एजेन्सी– अमेरिका र रूसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार

चुनावमा भ्रामक प्रचार रोक्न टिकटक र आयोगबीच सहकार्य

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध

राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च 

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने

लुम्बिनीको स्थापना दिवस : सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास