लेखक राजु अधिकारीको उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित « Khabarhub

लेखक राजु अधिकारीको उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– लेखक राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित भएको छ ।

युद्धमा बालबालिकालाई पर्ने प्रभाव बारेमा लेखिएको उपन्यासमा युद्धले बालबालिकालाई कसरी नकारात्मक असर गर्छ र उनीहरूका सुन्दर सपनाहरू सत्यतामा परिणत नहुँदै कसरी अन्त्य गर्छ भन्ने दर्साइएको छ ।

औसतमा हरेक वर्ष कुनै न कुनै युद्धको कारणले संसारभरि तीस हजार जति बालबालिकाले मृत्यु वरण गर्छन् । त्यस्तै संसारभरि पचास करोड जति बालबालिका युद्धको प्रत्यक्ष या अप्रत्यक्ष प्रभावमा पर्छन्। युद्धमा कुनै स्वार्थ नभएका, युद्धको बारेमा कुनै जानकारी नै नभएका अबोध बालबालिका युद्धबाट सबभन्दा बढी प्रभावित मध्येमा पर्छन् ।

युद्धको कारण बालबालिकामा पर्ने नकारात्मक प्रभावले उनीहरूको भविष्यलाई मात्र असर गर्दैन, यसले उनीहरूको परिवार, उनीहरूको समाज, उनीहरूको देश र संसारभरिका सबैलाई नै नकारात्मक असर गर्छ र युद्ध नरोकिँदासम्म यो दुष्चक्र रोकिँदैन । त्यसैले युद्ध रोकौँ, पृथ्वीका भविष्यका आधार बालबालिका सुन्दर सपनालाई साकार पार्ने वातावरण बनाऔँ भन्ने सन्देश लेखकले दिन खोजेका छन् ।

नेपाली र अङ्ग्रेजी भाषामा लेख्दै आएका अधिकारीको यो दोस्रो अङ्ग्रेजी उपन्यास हो । उनको पहिलो अङ्ग्रेजी उपन्यास ‘कोरोनेसन’ मा उनले पशु अधिकारको पक्षमा मुद्दा उठाएका थिए ।

उपन्यासलाई थुप्रै डट कम ले प्रकाशनमा ल्याएको हो । थुप्रै डट कम बाट इ-बुक र अमेजनको वेबसाइट मार्फत इ-बुक तथा मूद्रित संस्करणमा उपन्यास संसारभरि उपलब्ध हुने प्रकाशकले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : १७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि