एनसेलको सेयर खरिद-बिक्रीको विषयमा सरकार गम्भीर छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

एनसेलको सेयर खरिद-बिक्रीको विषयमा सरकार गम्भीर छ : प्रधानमन्त्री


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद-बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । 

मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । 

आफू विदेशमा हुँदा यसबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै उनले  एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको विषयमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिएको बताए । 

साथै यसबारे छानबिन गर्न समिति बनाएको बताउँदै उनले समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिने बताए । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : ३५ बजे

हेलम्बुमा हिमपात (तस्बिरहरू)

काठमाडौं– मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ।  हेलम्बुको

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको

बालकुमारी घटनाको प्रतिवेदन संसद्‍मा पेस गर्न एमालेको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी

मोरङमा लहरी पल्टिँदा तीन जनाको मृत्यु

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लहरी गाडी पल्टिँदा एकै

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।