अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते « Khabarhub

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । 

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का  कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताएका छन् ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : ०३ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति