एनसेल शेयर बिक्री प्रक्रिया स्वाभाविक नदेखिएकाले छानविन समिति गठन गरिएको हो : प्रधानमन्त्री  « Khabarhub

एनसेल शेयर बिक्री प्रक्रिया स्वाभाविक नदेखिएकाले छानविन समिति गठन गरिएको हो : प्रधानमन्त्री 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएका बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलले प्रकरण मुुलुकको हित विपरित देखिएको र शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्री प्रक्रियाका क्रममा विदेशमा खडा गरिएको कम्पनीको मालिकलाई आफू लगायत शेर बहादुर देउवा र केपी ओलीले समेत चिनेको भन्दै व्यक्तिगत सम्बन्ध भएकै कारण कसैलाई छुट नहुने  स्पष्ट पारेका छन् ।

उनले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेकोबारे जानकारी गराएका छन् ।

नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको उनले बताए ।

उनले सुशासन, समृद्धिको पक्षमा आफ्नो प्रतिवद्धता अनुसार काम गर्न नपाएको र अझै भ्रष्टाचारमाथि निर्मम भएर काम गर्न इच्छा भएको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री भएको १ वर्ष भएको र राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ०५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज