एनसेल शेयर बिक्री प्रक्रिया स्वाभाविक नदेखिएकाले छानविन समिति गठन गरिएको हो : प्रधानमन्त्री  « Khabarhub

एनसेल शेयर बिक्री प्रक्रिया स्वाभाविक नदेखिएकाले छानविन समिति गठन गरिएको हो : प्रधानमन्त्री 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएका बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलले प्रकरण मुुलुकको हित विपरित देखिएको र शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्री प्रक्रियाका क्रममा विदेशमा खडा गरिएको कम्पनीको मालिकलाई आफू लगायत शेर बहादुर देउवा र केपी ओलीले समेत चिनेको भन्दै व्यक्तिगत सम्बन्ध भएकै कारण कसैलाई छुट नहुने  स्पष्ट पारेका छन् ।

उनले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेकोबारे जानकारी गराएका छन् ।

नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको उनले बताए ।

उनले सुशासन, समृद्धिको पक्षमा आफ्नो प्रतिवद्धता अनुसार काम गर्न नपाएको र अझै भ्रष्टाचारमाथि निर्मम भएर काम गर्न इच्छा भएको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री भएको १ वर्ष भएको र राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ०५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको