रचिन रवीन्द्रले चेन्नईबाट आईपीएल खेल्ने « Khabarhub

रचिन रवीन्द्रले चेन्नईबाट आईपीएल खेल्ने


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रवीन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सबाट खेल्ने भएका छन् ।

मंगलबार दुबईमा भएको खेलाडी अक्सनमा चेन्नईले रवीन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको हो । न्यूनतम ५० लाख भारु मूल्य रहेका रवीन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाब किङ्ग्सले चासो देखाएपनि अन्तत: चेन्नईले बाजी मारेको थियो ।

भारतीय मूलका रवीन्द्रले हालै सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित पारेका थिए ।

त्यस्तै, खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रार्दुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।

त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरङ्गालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।

त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्ट इन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ४३ बजे

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम