रेलको डिब्बामा आगलागी हुँदा बङ्लादेशमा ४ जनाको मृत्यु « Khabarhub

रेलको डिब्बामा आगलागी हुँदा बङ्लादेशमा ४ जनाको मृत्यु


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।

तीन वटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिनुभएको छ ।

बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ५६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका