महँगो इतिहास, सस्तो वर्तमान | Khabarhub Khabarhub

महँगो इतिहास, सस्तो वर्तमान



एकपटक सफाई कर्मचारीले जहाज सफाई गर्दै जाँदा एउटा किताब हात पारेछन । त्यस किताबमा जहाज उडाउने तरिकाको बेलिबिस्तार लगाइएको थियो ।

उसले किताबको पाना पल्टाउन थालेछ । किताबमा जे जे भनिएको थियो, ऊ त्यही त्यही गर्दै गएछ । १ नम्बरमा रातो बटम थिचेमा इन्जिन स्टार्ट हुने लेखिएको थियो । उसले त्यसै गर्‍यो । अर्को पानामा भनिएको थियो– ‘हरियो बटम थिच्नुस, जहाज हिँड्न शुरु गर्छ ।’

अर्को पाना पल्टायो । तेस्रो पाना निलो बटम दबायो भने जहाज उडेर माथि पुग्ने व्यहोरा लेखिएको थियो । उसले त्यसै गर्‍यो । जहाज माथि पुग्यो । अब उसलाई जहाज तल ओलार्नु पर्ने भयो । त्यसका लागि त्यही किताबको अर्को पाना पल्टायो । तर त्यो पानामा त जहाज झार्न अर्को किताब आवश्यक पर्ने भनिएको थियो । जबकी अर्को किताब ती सफाई कर्मचारीसंग उपलब्ध थिएन । आखिर जे नहुनु थियो, त्यही भयो ।

काठमाडौंका टाईकोटमा सजिने सुकिला मानिसहरु ‘मर्निङ वाक’ पूर्वराजा ज्ञानेन्द्र, डिनर शेरबहादुर देउवा, ब्रेकफास्ट केपी ओली, लन्च प्रचण्ड, सौदावाजी भ्रष्ट कर्मचारी र चन्दाको लेनदेन विप्लवसंग गर्छन् एक पछि अर्का शासकले पत्तै पाएनन । जब चाल पाए, स्वार्थी मायाजालमा स्वयं पटक पटक चुकिसकेकाले त्यहाँबाट उम्किने नैतिक सामर्थ्य उनीहरुमा रहेन ।

दलहरुका लागि ‘फेस्टिबल’ बन्दै आएको चुनावबाट चुनिएका जनप्रतिनिधि हाँस्दा जनता सन्तुष्ट बनेको अर्थ लगाइयो । नेताको बंगला, बेन्ज कार, उनीहरुका सन्तानको विदेशी शिक्षा दीक्षा यी सबै जनताकै उपलब्धीका रुपमा पार्टीका दस्तावेजमा लेखिए । नेताको जिब्रो चिप्लिएर ‘पेटिकोट’ भन्दा सच्याएर ‘थानकोट’ बुझ्ने कार्यकर्ता भएपछि क्रान्तिकारी चरित्रको रंग गाढा बन्दै गएको भ्रम बाँकी रहने नै भो । बाहिर हेर्दा नेकपा एमाले, माओवादी केन्द भित्र नेकपा चीन, नेकपा भारत, नेकपा कांग्रेस, नेकपा पश्चिमा, नेकपा अमेरिकी, नेकपा क्यूवाली, नेकपा होली वाइनको साम्राज्य बढ्दै गयो ।

उहिले राजालाई सबै नेपाली पञ्च भनेर भ्रममा पारेजस्तै एकताका चाटुकारहरुले पशुपतिनाथ, बुद्धलाई पनि नेकपाकै कार्यकर्ता बनाएर व्याख्या गरे । दुई तिहाइको दम्भले विवेक गुमाएका तात्कालिन पाइलटहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड खस्रे भ्यागुतो फुल्दा झैं फुलिरहे ।

३६५ दिन नै माला र खादाले रोजगारी पाइरहँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उनीहरुका लागि ब्रम्हास्त्र लाग्यो । एमाले अध्यक्ष ओली सपत्नी १५ दिने ‘नेपाल टुर’ले त्यो नारा संगै लिएर हिँड्यो । गठबन्धन नामको जगमा निर्मित प्रचण्ड नेतृत्वको सरकारी क्लवका गतिविधि पनि हावामा तरबार हान्नेभन्दा माथि उठ्न सकेका छैनन । अब त हुँदा हुँदा प्रधानमन्त्री १० बजे कार्यालय पुग्ने समाचारले महत्व पाउन थाल्यो ।

दलहरुका लागि ‘फेस्टिबल’ बन्दै आएको चुनावबाट चुनिएका जनप्रतिनिधि हाँस्दा जनता सन्तुष्ट बनेको अर्थ लगाइयो । नेताको बंगला, बेन्ज कार, उनीहरुका सन्तानको विदेशी शिक्षा दीक्षा यी सबै जनताकै उपलब्धीका रुपमा पार्टीका दस्तावेजमा लेखिए । नेताको जिब्रो चिप्लिएर ‘पेटिकोट’ भन्दा सच्याएर ‘थानकोट’ बुझ्ने कार्यकर्ता भएपछि क्रान्तिकारी चरित्रको रंग गाढा बन्दै गएको भ्रम बाँकी रहने नै भो ।

बाहिर हेर्दा नेकपा एमाले, माओवादी केन्द भित्र नेकपा चीन, नेकपा भारत, नेकपा कांग्रेस, नेकपा पश्चिमा, नेकपा अमेरिकी, नेकपा क्यूवाली, नेकपा होली वाइनको साम्राज्य बढ्दै गयो ।

कांग्रेसभित्र भारतीय, अमेरिकी, चिनिया, एमाले, माओवादी धारका कांग्रेस भित्रिए । राजनीति व्यक्तिको पँजनीमा चलेपछि अरु देशमा नियुक्ति हुनुपर्ने राजदूत उतैबाट नाम तोकेर छानिन थाले । अर्थमन्त्री, अर्थ सचिवको छनोट विश्व बैंक, एशियाली विकास बैंकको रोजाइमा हुने त पुरानै परम्परा हो ।

यस्तो अवस्थामा समृद्धि व्यक्तिको हुन्छ कि समुदायको ? राजनीतिलाई अमुक शक्तिको ‘प्रोजेक्ट’ बनाउँदा के हुने रहेछ ? यतिबेला सबै नेता ‘कहूँ तो मा मर जाए, न कहूँ तो बा कुत्ता खाए’को अवस्थामा पुगेका छन् । जीवन पढाइ, कमाइ, दवाइ र विदाइ मात्र नभएर कर्मको निरन्तरता हो । राजनीतिक दर्शन यसैमा अनुवाद भएर आयतन घट्दै गयो ।

अघिल्लो पुस्ताका हाम्रा नेता जसले सपना देखे, उनीहरुसंग समय रहेन । जो संग समय छ, उनीहरु सपना देख्न लायक रहेनन । यही विडम्बनाको चंगुलमा देश दुर्गतिको गर्तमा फस्दै गयो । अहिलेका समृद्ध देशका नागरिक टुकीमा निर्भर रहँदा फर्पिङबाट निकालिएको बिजुलीले काठमाडौं झलमल्ल थियो ।

दशकौंअघि नै दरबारमार्गको सडकमा बिजुलीको भूमिगत वायरिङ गरिएको थियो । राणाकालमै कुलेखानी जलविद्युतको निर्माण गरी जलाशययुक्त विद्युत उत्पादनको सफल परीक्षण भएकै हो । व्यापारिक मल नखुल्दै विशाल बजार अवधारणा पञ्चायत कालमै आएकै थियो ।

छिमेकी मुलुक ‘चुँ’ नबोल्दा इजरायललाई देशको मान्यता दिएर कुटनीतिक क्षेत्रमा नेपालले ६ दशकअघि नै साहसिक निर्णय प्रदर्शन गरेको थियो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुख विदेश जाँदा त्यो देशका जनताले गर्ने हर्ष बढाइँको दृश्य र स्मरणले आत्मगौरव बढाउँछ ।

आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक जुनसुकै दृष्टिले नेपालको नाम अब्बल थियो । थाइल्याण्ड, भियतनाम, कोरियाजस्ता अहिले आर्थिक विकासको उत्कर्षमा चढ्दै गरेका देशका जनता नेपालले पठाएको चामल पिठोको अंशियार थिए ।

युरोपका अधिकांश देशले दोस्रो विश्वयुद्धमा लगाएको गुन सम्झिएर विमानस्थलमै ससम्मान अराईभल भिसा दिन्थे । अहिले त्यो गौरवगाथामा १ सय ९० डिग्रीले परिवर्तन आएको छ । लोकतन्त्रको सामथ्र्यले ती देशको मुहार पाँच दशकमा कायापलट भयो ।

दशकौंअघि नै दरबारमार्गको सडकमा बिजुलीको भूमिगत वायरिङ गरिएको थियो । राणाकालमै कुलेखानी जलविद्युतको निर्माण गरी जलाशययुक्त विद्युत उत्पादनको सफल परीक्षण भएकै हो । व्यापारिक मल नखुल्दै विशाल बजार अवधारणा पञ्चायत कालमै आएकै थियो ।छिमेकी मुलुक ‘चुँ’ नबोल्दा इजरायललाई देशको मान्यता दिएर कुटनीतिक क्षेत्रमा नेपालले ६ दशकअघि नै साहसिक निर्णय प्रदर्शन गरेको थियो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुख विदेश जाँदा त्यो देशका जनताले गर्ने हर्ष बढाइँको दृश्य र स्मरणले आत्मगौरव बढाउँछ ।

उनीहरुले देशलाई माया गर्न सिके । हरेक पुस्ता देशप्रति यति इमान्दार भयो कि उसले तरबारको धारमाथिको यात्रा सहजै स्वीकार्यो । आज उनीहरुले दिएको दानमा हाम्रो भोक, तिर्खा निर्धारण हुन्छ । दुखका लयमा गीत गाउनु हाम्रो नियति बनेको छ ।

पञ्चायत र राणाको जतिसुकै विरोध गरेपनि राज्य सञ्चालनका सम्पूर्ण अवयवका सूत्रधार उनीहरु नै हुन् । जनतामा निहित सार्वभौमसत्ता बहुदलमा लेखिए पनि लौरो टेकेर बुढाबुढी, डोकोमा बोकिएर सुत्केरी, विरामी, कोरामा बसेका किरियापुत्री समेत मतदानमा उपस्थित हुने राजनीतिक चेतनाको विकास पञ्चायतले नै गरेको हो । वर्षैभरि राज्य सञ्चालनका गतिविधिप्रति विषवमन गरेपनि जनता चुनावको एकदिन विवेकशील मतदान गर्न कहिल्यै चुकेका छैनन् ।

नानीमैयाँलाई उकासेर व्यंग्यको राजनीति गर्ने देखि प्रचण्डलाई थचारेर महामानवको भ्रमबाट मुक्त गराउने कर्ममा समेत जनमत प्रकट भएको दृश्य छिपेको छैन् । कुनै शासन व्यवस्था आफैंमा राम्रो नराम्रो भन्ने हुँदैन् । सवाल त्यसको प्रयोग कसरी हुन्छ भन्ने मात्र हो ।

जब मानिसको अपेक्षा थेगिनसक्नु हुन्छ, त्यसले निम्त्याउने दुष्प्रभाव घातक बन्ने रहेछ । व्यक्ति जतिसुकै दूधले नुहाएको भएपनि प्रवृत्ति गलत छ भने त्यसको भुत्भुते आखिर नेतृत्वकै शरीरमा खनिने हो ।

प्रत्येक सरकारले थेग्नु परेको आलोचनाको जमिन पनि यही हो । गाडी पुरानो छ भने चालक जतिसुकै तन्नेरी र उत्साही भएपनि केही फरक नपर्ने रहेछ । भाषण, आश्वासन नभएर सम्पूर्ण जनताको व्यवस्थापकीय जिम्मेवारी नै राज्यको अपरिवर्तनीय सिद्धान्त हो ।

यो मान्यतामा कसैले खलल पार्ने चेष्टा गर्नु हुँदैन् । देश नहुँदाको पीडा शरणार्थीलाई मात्र थाहा हुन्छ । हो, अहिले नेताहरुलाई देश पोखरीमा बसेर पानीको महत्व नबुझेजस्तै भएको छ । राज्य चिल हो भने जनता कुखुराका चल्ला, न्यायालय चल्लाको माउ हो । शक्ति पृथकीकरणको सिद्धान्तले यसै भन्छ । शास्त्रले भनेको छ- ‘भोकभन्दा बढी खाने र चाहिनेभन्दा बढी थुपार्ने दुवै चोर हुन् ।’

चन्द्रशमशेरको शेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा गरे । अधिकारको विषयमा अलमल भएपछि उनले काजी मरिचमान, काजी रत्नमान र मिसु नारायणभक्त बोलाएर सोधे- ‘म कमान्डर ईन चिफ भएपनि मेरो अधिकार चन्द्रशमशेरले नै उपयोग गरे । अब म महाराज भएँ । त्यो अधिकार मैले नै लिने कि कमान्डर ईन चिफलाई दिने ?’ विधिको प्रश्न थियो । काजीहरु अक्क न बक्क परे ।

रत्नमान काजीले विन्ती बिसाए– ‘महाराज, यसको जवाफ हामीभन्दा पुराना दरबार जानेका सुब्बा कालिदासलाई सोध्नुपर्छ ।’
महोत्तरीको सुदूर गाउँमा रहेका कालिदास सुब्बालाई झिकाउ भन्ने आदेशानुसार तार गयो । कालिदास काठमाडौ आई नयाँ महाराजको दर्शन गरे ।

सुशासन भनेको मानिसको शरीरभित्रको रक्तसञ्चारजस्तै हो । मुटु , मृगौला, फोक्सो, कलेजो आफ्नै तरिकाले काम गर्छ, तर तपाईंको नियन्त्रणमा बस्दैन । त्यसलाई कति सक्षम र सबल बनाउने भन्ने मानिसको दायित्व भएजस्तै राज्य सञ्चालकहरुले पनि यो अनुशासनलाई लत्याउनु हुँदैन । राजनीतिमा तोड्ने कैंचीहरु धेरै जन्मिए । सानै होस् न जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरु एक्लिए । महँगा गाडी चढ्नेबाटै सस्ता विचार जन्मिए ।

कालिदासलाई समस्या सुनाइयो । उनले जवाफ दिए- ‘जसको अख्तियार हो, उसैलाई दिनुपर्छ । नीति यही हो महाराज ।’ यसरी जुद्धशम्शेरले आआफ्ना अधिकार अनुसार काम गर्न पाए । कालिदास तुरुन्तै कौसलका मिर सुब्बा बनाइए । यो हो-विधिको शासन ।

सुशासन भनेको मानिसको शरीरभित्रको रक्तसञ्चारजस्तै हो । मुटु , मृगौला, फोक्सो, कलेजो आफ्नै तरिकाले काम गर्छ, तर तपाईंको नियन्त्रणमा बस्दैन । त्यसलाई कति सक्षम र सबल बनाउने भन्ने मानिसको दायित्व भएजस्तै राज्य सञ्चालकहरुले पनि यो अनुशासनलाई लत्याउनु हुँदैन । राजनीतिमा तोड्ने कैंचीहरु धेरै जन्मिए । सानै होस् न जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरु एक्लिए । महँगा गाडी चढ्नेबाटै सस्ता विचार जन्मिए ।

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सवैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरु यति जोशिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रका खातिर कफन बाँधेका उनीहरु राणाहरुको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँँघेर सिद्दिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे ।

बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरुका लागि मृत्यु प्यारो थियो । साइनाइट, खाएर वा सुँघेर कसैले आत्महत्या गर्यो भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाहरुको खानतलासी गर्थे ।

एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो । साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैंजूलाई कठघरामा उभ्याइयो ।

सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई ‘साइनाइट पर्व’ भनेर पनि केही इतिहासकारहरुले व्याख्या गर्ने गरेका छन् । हो, यस्तो दल प्रजा परिषद् आज कहाँ पुग्यो ?

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ०४ बजे

कोप–२९ मा सहभागी भई स्वदेश  स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं– समता घरेलु लघुवित्तको थप शेयर निष्कासन (एफपीओ) बाँडफाँड भएको

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 

काठमाडौं– नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक

राष्ट्रिय विकास समस्या समाधान समितिको बस्दै

काठमाडौं– राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष