लोकतन्त्रको विकल्प छैन : राजमो अध्यक्ष केसी « Khabarhub

लोकतन्त्रको विकल्प छैन : राजमो अध्यक्ष केसी


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट पारे ।

अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको भन्दै यसका विपक्षमा र लोकतान्त्रिक व्यवस्था जोगाउने काममा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

बुटवलमा आज आयोजित एक कार्यक्रममा नेता केसीले नेपालमा सङ्घीयताविरुद्ध देशभरबाट यसको आवाज उठ्नु स्वाभाविक भएको दाबीसमेत गरे । प्रदेशलाई खारेज गरी स्थानीय तहलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाइ थियो ।

उनले लोकतान्त्रिक पद्धतिमा सुशासनभन्दा कुशासन बढेकाले जनतामा वितृष्णा छाएको बताए । नेता केसीले गठबन्धन सत्तामा जानका लागिमात्र गर्न नहुने बताउँदै गठबन्धनमा भएको सम्झौतालाई अक्षरसः पालना गरेर अगाडि बढ्नसमेत दलहरुलाई सुझाव दिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ४५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने