उखु किसान आन्दोलित | Khabarhub Khabarhub

उखु किसान आन्दोलित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रति क्विन्टल रु ४९ अनुदान बापतको रकम एथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ ।

साथै चालु यामको लागि उखुको मूल्यप्रति क्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरुको भनाइ रहेको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाक्रा प्रदर्शन गरेर गत शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए ।

उनका अनुसार चालु यामका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रति क्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुनबाँकी रहेको प्रति क्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।

नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे । उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताए ।

उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रति क्विन्टल रु सात सय ५० हुनुपर्ने, गतवर्ष उखु बिक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’