मानव क्षमता अभिवृद्धिमा जोड दिएका छौं : मन्त्री साउद « Khabarhub

मानव क्षमता अभिवृद्धिमा जोड दिएका छौं : मन्त्री साउद


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले आवधिक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताएका छन्।

नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उनले आवधिक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताए।

‘मानव विकास सूचकांक अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौंअघि पूरा गरेको पहिलो मापदण्ड थियो,’ साउदले यूएनडीपीले मंगलबार काठमाडौंमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भने। 

बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन नसकेको पनि सरकारको प्रतिबद्धता बलियो रहेको उनको भनाइ छ। 

‘बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन सकेको छैन। यद्यपि, हाम्रो प्रतिबद्धता बलियो छ,’ मन्त्री साउदले भने, ‘हाम्रो इमानदार प्रयास जारी छ। प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको छ।’ 

जलवायु परिवर्तनको खतराको बारेमा कुरा गर्दै गर्दा हिमालय क्षेत्रका मुलुकहरूले भोगिरहेका गम्भीर समस्याहरूका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भर्खरै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताए। 

सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको भन्दै परराष्ट्रमन्त्री साउदले उक्त मिशनमा युएनडीपी जस्ता महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि सरकार आभारी रहेको पनि बताए।

‘नेपालको जनसङ्ख्यामा युवाहरूको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसंख्या हाम्रो सम्पत्ति हो,’ उनले भने, ‘हामी हाम्रा युवाहरूलाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौं। हाम्रो यो मिशनमा हामी यूएनडीपी जस्ता हाम्रा महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि आभारी छौँ।’

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : २८ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको