कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई  १४ वर्षपछि पक्राउ गरेको छ।

 दैलेखको साबिक गमौडी गाविस–२ मेला, हाल दुल्लु नगरपालिका–१० बस्ने ३२ वर्षीय डिलबहादुर खड्कालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई नारायण नगरपालिका–१ बाट पक्राउ गरेको हो । 

कर्तव्य ज्यान मुद्दामा फरार रहेका खड्का पक्राउ परेपछि जिल्ला अदालत दैलेखबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए ।

उनका अनुसार खड्का १४ वर्षदेखि उक्त मुद्दामा फरार रहेका थिए। उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराएपछि कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइएको छ । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ११ : १५ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको