वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

विदेश नपठाएको र संकलन गरेको रकम फिर्ता नगरेपछि नौ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट रु दुई लाखदेखि रु दश लाखसम्म ठगी गरेका थिए । 

प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मङ्गलबारनिज उपर लागेको दण्ड जरिवाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ । 

‘विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन्’, प्रहरी निरीक्षक झाले भने, ‘पीडितलाई दिएको चेक नसाटिएपछि बैंकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।’ बैंकिङ कसुरमा म्याग्दीमा पक्राउ परेकामध्ये रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया