विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

आज पुस ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

आइसल्याण्डमा ज्वालामुखी विस्फोट
आइसल्याण्डमा ज्वालामुखी विस्फोट भएको छ । आइसल्याण्डको रेक्यानेस प्रायद्विपमा रहेको ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ र लाभा १०० मिटर माथिसम्म पुगेको जनाइएको छ ।

यद्यपि ज्वालामुखीले कुनै मानवीय जोखिम उत्पन्न नगरेको त्यहाँको सरकारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । त्यस्तै, ज्वालामुखी विस्फोटनबाट हवाइ उडानमा कुनै अवरोध पुगेको छैन ।

राजधानी रेक्याभिकभन्दा ४० किलोमिटर दक्षिणपश्चिममा रहेको ग्रिन्डाभिक सहरनजिकै ज्वालामुखी विस्फोट भएको हो । यद्यपि ज्वालामुखीले हालसम्म उक्त सहरमा कुनै विनाश निम्त्याएको छैन ।

चीनको उत्तरपश्चिमी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२७ पुग्यो
चीनको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय २७ जना पुगेको छ ।

मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठीकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।

‘म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन’, उक्त घरका बासिन्दा मा वेनचाङले भने, ‘म अब यो घरमा बस्न सक्तिन किनकी यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ ।’

अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपतकालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले ‘भूकम्प राहत आपूर्ति’ लेखिएको रातो ब्यानरले ढाकिएको ट्रकहरूलाई देखेका थिए ।

साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए । ‘हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकी आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।’

भारतको लोकसभामा ४९ विपक्षी सांसद निलम्बित
भारतको लोकसभाबाट थप ४९ सांसद निलम्बनमा परेका छन् । डिसेम्बर १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्ने सांसदहरुमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन ।

संसद्को सुरक्षालाई लिएर भारतीय संसदमा विवाद भइरहेको छ । संसद सुरक्षाको जिम्मा लोकसभा अध्यक्षको भएको सत्तापक्षको भनाई छ भने विपक्षीहरु सुरक्षाको विषयमा गृहमन्त्रीको जवाफ मागिरहेका छन् ।

विपक्षीहरुले नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा भारतको लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् ।

सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको र ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसद निलम्बनमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ
टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले उल्लेख गरेको छ ।

पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ । प्रान्तीय कमान्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नको शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ । एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो ।

टर्कीका आन्तरिक मन्त्री अली उर्लिकायाले देशको सबै भन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरूलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु
मङ्गोलियाको राजधानी उलान बाटरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएअनुसार बिहान ७:०२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान(उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो ।

सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् ।

उपचारका क्रममा घाइते अन्य दुई जना व्यक्तिको निधन भएको बताइएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

रेलको डिब्बामा आगलागी हुँदा बङ्लादेशमा ४ जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।

तीन वटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिएका छन् ।

बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।

रेलको कोचमा आगलागी हुँदा बङ्लादेशमा चार जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ०५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।

तीनवटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिएका छन् ।  

बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ०० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको