पदाधिकारी बैठकमा प्रचण्डको गुनासो – ‘राम्रो काम गरेपनि जनतामा स्थापित हुन सकिएन’ « Khabarhub

पदाधिकारी बैठकमा प्रचण्डको गुनासो – ‘राम्रो काम गरेपनि जनतामा स्थापित हुन सकिएन’


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरे पनि जनतामा स्थापित गर्न नसकेको गुनासो गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा दाहालले यस्तो गुनासो गरेका हुन ।

सरकारले बिग्रिएको अर्थतन्त्र र राष्ट्रिय सङ्कट समाधानका लागि राम्रो काम गरेको भन्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध स्थापित भएको बताए ।

१२-१३ महिनालाई कुल ग्रहास्थका लागि सञ्चिति  भएको र अर्थतन्त्र बिस्तारै लयमा फर्किएको उनको दाबी थियो ।

सरकारको बारेमा बाहिर विभिन्न टीकाटिप्पणी भए पनि तलमाथि केही नभएको दाहालको भनाइ थियो । पुरै कार्यकाल वर्तमान गठबन्धन सरकार नै अगाडि जाने, राष्ट्रिय सभामा गठबन्धन बनाएर विश्वासका साथ अगाडि बढेको उनले जानकारी गराएका थिए ।

पदाधिकारी बैठकमा एनसेल प्रकरणमा नेताहरूले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डले राज्यव्यवस्था तथा सुशासन समितिमा पेस गरेका विषय दोहोर्‍याएका र आफूले कर छलीमा एनसेललाई कानुनी दायरमा ल्याउन पहल गर्दागर्दै पनि बदनाम गर्न खोजेको दुखेसो पोखेका थिए ।

यस्तै बैठकले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने गरी विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको माओवादी स्रोतले बताएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठकमा चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डका रुपमा पेस गरेका थिए । माओवादी पदाधिकारी बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ५८ बजे

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले

ब्रिटिश कलेज आन्दोलन : ३० लाख मागेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३०

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगञ्ज – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

रास्वपाले भन्यो : पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी नाम नै फेर्ने