नातिकाजीलाई स्रष्टाले यसरी सम्झिए | Khabarhub Khabarhub

नातिकाजीलाई स्रष्टाले यसरी सम्झिए


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको ९९ औँ जन्मजयन्तीको अवसर पारेर आज नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उनीद्वारा रचिएका तथा सङ्गीत दिएका भजन प्रस्तुत गरेको छ ।

पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुँदै आएको सन्ध्याकालीन आरती हुनुपूर्व सन्ध्यामा उक्त समाजले नातीकाजीले रचना तथा सङ्गीत दिए दर्जनौँ भजन प्रस्तुत गरिएको थियो ।

नातीकाजीको जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उनले सङ्गीत दिएका भजन प्रस्तुत गर्ने कार्यक्रम घोषणा गरेको समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले राससलाई जानकारी दिए ।

अध्यक्ष बास्कोटाले भने, ‘वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको जन्मजयन्तीका अवसरमा हामीले बिहान ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गर्ने छौँ र साँझको समयमा पशुपतिनाथमा उनीद्वारा रचिएका भजन प्रस्तुत गर्ने छौँ ।’

कार्यक्रममा सुदेश शर्मा, बानिका प्रधान, निशा देशार, शशीविक्रिम थापा, सञ्जय तुम्रोक तथा माण्डवी त्रिपाठीलगायत कलाकारले नातीकाजीले रचना गरेका तथा सङ्गीत दिनुभएका भजन प्रस्तुत गरेका थिए ।

यसैबीच समाजद्वारा आज आयोजित एक समारोहमा ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ समेत घोषणा गरिएको छ । समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार बास्कोटाले बताए । उनले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातीकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने विश्वास व्यक्त गरे ।

विसं १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिनुभएका नातीकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिएका छन् । उनको निधन विसं २०६० का कात्तिक १६ गते भएको थियो । आज घोषणा गरिएको उक्त नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ पुरस्कार राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने नातीकाजी स्मृति समाजले जनाएको छ ।

यो वर्ष ‘नातीकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल र गीत रचनातर्फ सुनिल थापालाई सम्मान गर्ने जनाएको छ । त्यस्तै परम्परागत सङ्गीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापालाई प्रदान गरिने छ ।

यस्तै ‘नातीकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत हुनेमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटी रहेका छन् । ‘नातीकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशीविक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई प्रदान गरिनेछ ।

‘नातीकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने तथा ‘नातीकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रिय पुरस्कृत गरिने जनाईएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ५५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको