किसान परिचयपत्र उपलब्ध गराउन माग « Khabarhub

किसान परिचयपत्र उपलब्ध गराउन माग


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन – इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उहाँहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

इच्छाकामना–५ तामिनमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएका रामप्रसाद बोहोराले वास्तविक किसान सामु अनुदान नपुग्दा अनुदानका कार्यक्रम उपलब्धिमूलक नभएको बताए ।

उनले भने, “गत असारमा इच्छाकामनामा पाँच हजार वटा सुन्तलाको बिरुवा वितरण गरियो, तर अहिले ती बिरुवा पाएका किसानले कति बिरुवा रोपेर बचाएर राखेका छन्, कुनै हिसाबकिताब छैन, कतिले त रोपेकै छैन त्यतिकै सुकाएर फालेका छन् वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्छ त्यसका लागि गाउँपालिकाले किसानको पहिचान गरी परिचयपत्र उपलब्ध गराउनुपर्छ ।” अनुदान उपलब्ध गराएपछि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने बोहोराको भनाइ छ ।

वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले पनि वडा नं ५ मा वितरण गरिएको सुन्तलाका बिरुवा किसानले नरोपी सुकाएर खेर फालेको बताए । इच्छाकामना–३ का किसान रामबहादुर गुरुङले पनि वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने बताए। गाउँपालिकाले अनुदान कार्यक्रम ल्याउँदा कतिपय किसानसम्म सूचना नै नपुग्ने उनको गुनासो छ ।

उनले भने, “बिचौलियाले व्यापारीलाई किसानको बारीसम्म जान दिँदैनन्, हामीले बाध्य भएर बिचौलियामार्फत बिक्री गर्दा मूल्य पाउँदैन । अहिले सुन्तलाको मूल्य बजारमा उपभोक्ताले महँगो मूल्यमा किनेर खान परे पनि वास्तविक किसानले भने उचित मूल्य नपाएको उनको गुनासो छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले वास्तविक किसानको पहिचानका लागि चाँडै परिचयपत्र वितरण गरिने बताए । अहिले विवरण सङ्कलन कार्य भइरहेको बताए ।

उनले भने, “हामी गाउँपालिकाका वास्तविक किसानको पहिचानका लागि परिचयपत्र वितरण गर्दैछौँ अहिले विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ, विवरण सङ्कल गर्न केही वडामा मात्र बाँकी छ ।”

परिचयपत्र उपलब्ध गराएपछि अनुदान वितरणमा सहज हुने उनको भनाइ छ । गाउँपालिकाले किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसानसम्म अनुदान नपुग्ने किसानको गुनासो छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : ५२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने