जाडोमा प्रदूषणले निम्त्याउने जोखिमबाट कसरी बच्ने ? « Khabarhub

जाडोमा प्रदूषणले निम्त्याउने जोखिमबाट कसरी बच्ने ?



काठमाडौँ – प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ। पछिल्लो समय काठमाडौँको वातावरण झन् हानिकारक मानिन्छ। विगत १० वर्षदेखि काठमाडौँमा वायु प्रदूषणको मात्रा बढ्दो छ।

तर सरकारको तर्फबाट यसलाई रोक्ने प्रयास अहिलेसम्म प्रभावकारी भएको भएको देखिँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण हुने विभिन्न रोगबाट १० हजार मानिसले ज्यान गुमाइरहेका छन्।

विज्ञहरूका अनुसार काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ। अहिले बिहानको समयमा घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा निस्कनेहरुलाई बढेको प्रदूषित हावाले झन् असर गर्ने श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डाक्टर रवी महत बताउँछन्।

चिसो हावा र हावामा रहेका प्रदूषित कणले सबैमा असर पर्ने भए पनि मुटु, श्वासप्रश्वास, दमका रोगी, बालबालिका र वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएकामा बढी असर देखिने हुन्छ।

प्रदूषणबाट बच्न के गर्ने ?

चिसोमा प्रदूषणबाट बच्न धेरै होशियार भएर काम गर्न आवश्यक देखिन्छ। घाम लागेपछि मात्र घरबाट बाहिर निस्कनु पर्छ। बिहानै निस्कँदा रक्तचाप बढ्ने, मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या देखिन सक्छ।

घर बाहिर निस्कनै पर्दा शरीरलाई पूरै ढाक्ने कपडा लगाउने, कान ढाक्ने खालको टोपी लगाउनुस् । खुट्टामा जुत्ता र बाक्लो मोजा लगाउनपर्छ।

हृदय रोग, दमका रोगी, उच्च रक्तचाप र अन्य रोग भएकाहरूले वाक सुरु गर्नुभन्दा पहिले डाक्टरसँग परामर्श गर्नुपर्छ। अन्यथा जतिबेला पनि समस्या निम्तिन सक्छ।

दौडिँदा जुत्तामा विशेष ख्याल गर्नुपर्छ। दौडिँदा पहिलो दबाब गोडामा पर्ने भएकाले लगाउने जुत्ता नै उपयुक्त रोज्नुपर्छ।

दौडिँदा सहज हुने, शरीरलाई ब्यालेन्स गर्ने, नचिप्लिने, गोडामा असर नगर्ने, नसा नदुख्ने तथा लगाउँदा हल्का महसुस हुने जुत्ता लगाउनुपर्छ।

प्रदूषित स्थानमा नहिँड्ने, भिडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलो धुवाँ नउड्ने शान्त र हरियालीयुक्त बाटो चयन गरेर हिँड्नुपर्छ ।

यस्तै पटक पटक आफ्नो स्वास्थ्य र स्वास्थ्य अवस्था जाँच गराएर दैनिक मास्क लगाएर मात्रै बाहिर हिँड्नु सहज मानिन्छ। पछिल्लो समय जाडोमा प्रदूषणको मात्रा बढेको देखिने भएकाले यसलाई नियन्त्रण गर्नका लागि आफैँ सजग हुन आवश्यक छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्