काठमाडौँ – दक्षिण कोरियाली युवती ली जो योङको ओछ्यान खाली भएको धेरै भएको छ। २९ अक्टोबरको दिन घरबाट निस्किएकी उनी फेरी कहिल्यै फर्किनन्। ‘उनी करिस्माकी खानी थिइन्,’ बाबु जङ्ग मिनले भने ‘उनी साँच्चै नेता हुन्, उनको आफ्नै व्यवसाय थियो। उनीसँग म, मेरी श्रीमती र उनका भाइहरू थिए। सबै उनकै मातहतमा चलेका थिए।’
२९ बर्सिया जोयंग सेप्टेम्बर महिनामा विवाह बन्धनमा बाँधिँदै थिइन्। त्यो हलोन रातमा जानु अघि उनले विवाहकै लागि भनेर लुगा पनि खरिद गरेर ल्याएकी थिइन्। दक्षिण कोरियामा बसोबास गर्ने उनी पुरा उल्लास र जोसका साथ इत्तेवान गएकी थिइन्।
जिल्लाकै त्यो साँघुरो खोचको त्यो रातको भिड नै दुर्घटनाको प्रमुख कारण थियो। त्यो भिडबाटै धेरै युवासहित १ सय ५९ जना सदाका लागि हराए। तीनै मध्येकी एक थिइन्, ली जो एक थिइन्। उनीसँग विवाहको तयारी गरेको युवा बाँचे, तर उनी बाच्न सकिनन्।
अहिले उनीसहित सबै दिवङ्गतको परिवार न्याय र क्षतिपूर्तिको माग अघि बढेको छ। गएको महिना जङ्ग मीन इत्तेवान विपत्ति ज्यान गुमाउनेका परिवारको सङ्गठनको उपाध्यक्षको रुममा सक्रिय थिए। अहिले कोरियामा उनीहरूलाई न्याय नभएपछि त्यस मुद्दालाई विश्वव्यापी बनाउने उनीहरूको चाहना छ।
कुनै एक परिवारले अर्को परिवारको छानबिन गर्न नसक्ने कुरा आफूले पहिले देखि नै उठाएको पनि उनले बताएका छन्। उच्च पदस्थ कसैलाई पनि केही पनि नसोधिएकोमा उनको पनि आक्रोश छ।
लामो समयको प्रतीक्षा पछि सार्वजनिक भएको प्रहरी रिपोर्टको अनुसार त्यो टार्न सकिने दुर्घटना थियो। कमजोर योजना, अस्वाभाविक ढङ्गको भिड र कमजोर आकस्मिक जिम्मेवारी ग्रहण लगायत विषयका कारण सो दुर्घटना भएको थियो। यसै घटनाका कारण यसलाई मान्छेले निम्त्याएको दुर्घटनाको रूपमा पनि व्याख्या गरिएको छ।
व्यावसायिक लापरबाही गरेका कारण अहिले २३ जना जेलमा छन्। गत नोभेम्बरमा भिन्न भिन्नै स्थानमा हलोअनको समयमा त्यहाँको सुरक्षा अवस्थाको रिपोर्ट प्रस्ट नपारेको भन्दै दुई प्रहरीलाई गिरफ्तार गरिएको छ। यसरी गिरफ्तार हुने धेरैमा प्रहरी अधिकारीको स्थानीय अधिकारी पनि छन्।
यसको मतलब के हो भने उच्च तहका अधिकारीलाई कुने दोष लगाइएको छैन। इत्तोवान दुर्घटनामा ज्यान गुमाउनेको परिवारको सङ्गठनले नै भने कोरियाको अहिलेको शैलीलाई माउसुलीको टाउको जोगाउन पुच्छर काटे जस्तो भएको बताएका छन्।
त्यस समूहका प्रमुख ली जोन चुलले त्यहाँको विशेष प्रहरी निकायले छानबिन गर्न नसक्नेमा आफूहरू पहिले देखि नै प्रस्ट भएको बताएका छन्। कुनै एक परिवारले अर्को परिवारको छानबिन गर्न नसक्ने कुरा आफूले पहिले देखि नै उठाएको पनि उनले बताएका छन्। उच्च पदस्थ कसैलाई पनि केही पनि नसोधिएकोमा उनको पनि आक्रोश छ।
उनले बताए अनुसार आन्तरिक मामला मन्त्रालय, प्रहरी प्रमुख र त्यस सहरको मेयरलाई कुनै पनि सोधपुछ नै गरिएको छैन। जबकि घटनाको जिम्मेवारी ती सबैले लिनै पर्ने हो। उनको आशय थियो की जिम्मेवारी महसुस नगर्नु नै अपराध थियो। तथापि अहिले त्यो अपराध स्वीकार गरिएको छैन।
बिर्सनै नसक्ने थप अनुभव पनि उनीहरूका छन्। सरकारी निकायका धेरै व्यक्तिसँग कुरा गर्दा उनीहरू पिडाको कुनै भावना पाउँदैनन्।
कसैले आन्तरिक मामला मन्त्रालय यस घटनाका जिम्मेवार रहेको बताउन थालेका छन् भने कसैको नजरमा यो आपत्तिजनक आरोप पनि हो। यसरी घटनाको बारेमा समीक्षा गर्दा कानुनी व्याख्या भन्दा बाहिर आएर नैतिक र जिम्मेवारीको आधारमा व्याख्या गरिनु पर्ने पीडित परिवारको सदस्य बताउँछन्।
“गएको तीन महिनादेखि सरकारले यस घटनालाई चासो पूर्वक लिएको छैन। हामीलाई असमान व्यवहार पनि गरेको छ” लीले भने, “मलाई थाहा छ कानुनी जिम्मेवारीका मात्र कुरा गर्ने हो भने हामीले आवाज उठाउन सक्दैनौ। तर, नैतिक जिम्मेवारीका कुरा पनि हुन्छन् नि।”
गएको १० सातामा औपचारिक रूपमा क्षमा याचना धेरै पटक भएका छन्। मृतकको परिवार त्यहाँ पुग्दा प्राय स्थानीय अधिकारी देखि राष्ट्रपति सम्मले सरी पनि भन्ने गरेका छन्। तर, व्यवहारमा यसमा कसैको चासो र चित्त दुखाइ नै देखिएको छैन।
अहिले मृतकका परिवार आफन्त गुमाउनको पिडामा छटपटाएका छन्। साथमा जिम्मेवार निकायको गैर जिम्मेवारी पनले थप छटपटाएका छन्। बिर्सनै नसक्ने थप अनुभव पनि उनीहरूका छन्। सरकारी निकायका धेरै व्यक्तिसँग कुरा गर्दा उनीहरू पिडाको कुनै भावना पाउँदैनन्।
त्यहाँ पीडित र सरकारी अधिकारीको मनोभाव नै फरक भएको छ। सरकारी अधिकारीका लागि तथ्याङ्कमा थपिएको एउटा घटना थियो। पीडितका आफन्तको हकमा सर्वस्व गुमेको दिन थियो। गत नोभेम्बरमा एउटा दुखद नियति कोरियामा फेरी देखिएको थियो। सो घटनामा आफ्नो साथी र गर्लफ्रेन्ड गुमाएका एक युवाले आफ्नो देह लीला नै समाप्त पारे।
यस घटनालाई हृदय विदारक भन्दै प्रधानमन्त्रीदेखि सामान्य व्यक्तिसम्मले दुख व्यक्त गरेका छन्। धेरै जन दबाबका कारण उनलाई घटनाको मृतकको सूचिमै सूचीकृत गरिएको छ। प्रहरीले धेरै युवाको शरीरमा कुनै औषधी तथा अन्य प्रतिबन्धित लागु औषधको मात्रा रहेको छ या छैन भन्दै छानबिन गर्ने सोच अगाडी बढाएको थियो। परिवारका सदस्यले अन्त्येष्टि नगरी त्यस स्थानमा कसैलाई पनि प्रवेश दिन नसकिने बताएका थिए।
यस दुर्घटनामा जिम्मेवारी ग्रहण गर्ने र कानुनी रूपमा यसलाई स्वीकार गर्ने सम्भावना भने कमै देखिएको छ।
तीन महिनासम्म सरकारी निकाय र मृतकका आफन्तको यस्ता धेरै विषयमा जुहारी चले पछि उनीहरूको बिचमा अपनत्वको भाव अझ पैदा हुन सकेको छैन। इत्तेवान शाखा स्थापन भए यता गत नोभेम्बर देखि अहिलेसम्म राष्ट्रिय विपद् तथा आघात व्यवस्थापनबाट ५ हजार ६ सय जनाले सुविधा पाएका छन्। केन्द्रीय निर्देशक डा. सिम मीन यंगले धेरै अर्थमा इत्तेवान घटना राष्ट्रिय विपत्तिको घटना भएको बताएका छन्।
उनले पनि मानिसहरू ठुलो चोटले घाइते भएको तथा निराशापनको नजिक पुगेको महसुस गरेको बताएका छन्। त्यहाँ नभएका व्यक्तिहरू पनि टिभी र सामाजिक सञ्जालमा घटनाको दृश्य देखे छि उनीहरूमा अस्वाभाविक मानसिक परिवर्तन समेत देखिन थालेका छ।
“अनुसन्धान कसरी अगाडी बढेको छ भन्ने मलाई थाहा छैन। कसरी मृतकको परिवारलाई शान्ति मिल्छ भन्ने पनि यकिन छैन। तर, यसको मतलब यो होइन विश्वासिलो छानबिनको माग ती परिवारले राख्न पाउँदैनन्। उनीहरूको मानसिक रिकभरीको यो नै सबैभन्दा राम्रा उपाय हो।”
यो तीन महिनामा लीले आफू धेरै पटक थाकेको महसुस नगरेका होइनन्। त, जब छोरीको कोठामा पुग्छन् उनलाई केही गर्नै पर्ने चाहना जागृत हुन्छ। उनले आफूमा सधे त्यसै तागत खोजी रहेका हुन्छन्, जसका कारण उनको छोरीको आत्ममा सधैँ शान्ति मिलोस्। यो हप्ता समानान्तर संसदीय समितिले गरेको छानबिनले राजनीतिक अव्यवस्थालाई इङ्गित गरेको छ।
विपक्षी दलले आन्तरिक मामला मन्त्रालय र प्रहरी प्रमुखलाई मुद्दा चलाइने जनाएको छ। यस दुर्घटनामा जिम्मेवारी ग्रहण गर्ने र कानुनी रूपमा यसलाई स्वीकार गर्ने सम्भावना भने कमै देखिएको छ। संसदीय समितिको रिपोर्ट पनि कोरियाली राजनीति नै सायद प्रस्ट रूपमा दुई ध्रुवमा विभाजित हुने छ। यो विभाजनमा ती अभिभावक या मृतकको परिवारको भूमिका कस्तो हुने छ भन्ने पनि धेरैको चासो रहेको छ।
(श्रोत : बीबीसी)
प्रतिक्रिया