प्रचण्ड सरकारलाई खतरा छ, अल्पमतमा पर्न सक्छ | Khabarhub Khabarhub

प्रचण्ड सरकारलाई खतरा छ, अल्पमतमा पर्न सक्छ

'पदको लागि नेताहरूले हरेक काण्ड मच्चाएको अवस्था छ'


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसद यतिबेला प्रतिपक्षविहीन अवस्थामा छ। नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि संसद् प्रतिपक्षीविहीन बनेको हो। विश्वासको मतमा लुकेका विविध पक्षहरू एक ठाउँमा रहला तर संसदमा प्रतिपक्षविहीन बन्नको लागि अहिलेको कांग्रेसको भूमिका कतिको उपयुक्त होला ? भन्ने प्रश्न पेचिलो छ। आलोपालो स्वार्थलाई हेरेर सरकार फेरबदल गर्न चाहिरहँदा अहिले कायम रहेको सत्ता गठबन्धनले आगामी सरकार बनाउनको लागि पद हस्तान्तरण गर्ने हो वा फेरि अहिलेको गठबन्धन टुटेर नयाँ बन्ने हो ? यो पनि पेचिलो छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली राजनीतिको केन्द्रमा हुँदा यसको व्यवस्थापन कसरी हुन्छ ? कांग्रेस प्रतिपक्षीबाट सत्तापक्ष बन्न अब प्रतिपक्षी भूमिका कसले खेल्छ ? यी र यस्तै विषयमा आधारित रहेर पूर्वन्यायाधीश बलराम केसीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

सरकार गठनको प्रारम्भमा सकस भयो, त्यसपछि सरकारले पाएको पूर्णतालाई कसरी लिनु हुन्छ ?
यो गठबन्धन भन्दा पनि गाँठो बन्धन जस्तो छ। दुस्मनका दुस्मन दोस्त बनेर रहेको सरकारका रुपमा रहन्छ। राजनीति परम्परा, राजनीति क्षेत्र विनाश रहन पुग्यो। सरकारको नीति तथा थिति नै छिचोलिएको छ। आफ्नो जिम्मेवारी वहन गर्न कुनै पनि नेताले नचाहेको हो या नसकेको हो बुझ्न गाह्रो छ।

यो आलोपालो सरकार चलाउने प्रवृत्ति र यसले भविष्यमा कस्तो रुप लिन सक्छ ?
संविधानले परिकल्पना गरे जस्तो काममा निहित रहन आवश्यक छ। अविश्वास होइन, विश्वासलाई लिएर अगाडि बढ्न प्रोत्साहन गर्नु जरुरी छ। असंवैधानिक काम भएको छ। नेताहरूमा पदको लोभ पलाएको छ। राजा र सांसद मिलेर सरकार बन्छ भन्ने धारणा रहेको थियो।

दलहरूले आफू खुसी आफूसँग भएको सांसद सङ्ख्याको आधारमा शक्तिको आधारमा यो पदलाई शक्तिशाली बनाई दिए पनि संविधान बाहेकको कर्तव्य निर्वाह गरेको छ ? यो काम कसले गराएको होला ?
घुस खाएर बनाएको अकुत सम्पत्तिलाई कोटले तिम्रो सो आर्जनको सम्पत्ति भन्दा के रहन्छ। जस्तो कार्यलाई बढवा दिनु हुँदैन। चाहिने ठाउँमा कोही पनि अग्रसर नरहेको देखिन्छ। विघटन गरे पनि सदर, अध्यादेश जारी गरे पनि सदर। देश नै परिवर्तनको तथा अनैतिक रुपमा अगाडि बढेको अवस्था छ। अहिले लुछाचुँडी प्रवृत्तिको पनि विकास भएको छ।

दुई ओटा पद एउटा पार्टीमा जाने हो भने यसले कस्तो खालको समस्या ल्याउला त ?
यसले झन् समस्या ल्याउन सक्छ। त्यो भाग लगाउने पद नै होइन। दुवै संविधानको गलत बुझाई रहेको छ। कतिपय अवस्थामा सरकार पनि काहीँ न काहीँ चुकेको अवस्था रहन्छ। नेपालको राजनीतिमा हेर्ने हो भने पहिलेको आधारमा अहिले धेरै परिवर्तन भएको छ। कुनै पक्षलाई विरोध नगरी गलत कार्यलाई सच्याउनतर्फ लाग्न आवश्यक रहन्छ।

दुई पद एकैलाई दिनु हुँदैन भन्ने आन्तरिक र वाह्य रुपमा त्यो खालको खेल खेलेको बुझिन्छ, यसलाई कसरी लिनु हुन्छ ?
देशलाई बिगार्ने काम भएको छ। राष्ट्रपतिमा उम्मेदवारी सबैले दिन सक्छन्। त्यसमा कुनै शंका छैन। कांग्रेसले त्यहाँ त मुद्दाका लागि निर्णय दिलाउने व्यक्तिको खोजीमा लाग्नु भएन। यहाँको राजनीति कसरी अगाडि बढाउने भन्दा कसरी विखण्डन गर्ने तर्फ केन्द्रित रहेको छ।

कांग्रेसले राष्ट्रपति पद हाम्रो लागि हो भनेर समर्थन दिएको हो तपाईँलाई कस्तो लाग्छ ?
नेपाली दललहरु अझै पनि सकारात्मक कार्यतर्फ प्रेरित नभएको पाइन्छ। राष्ट्रिय सहमतिको सरकार भनेर लेखियो। ओलीले भनेका थिए एमाले र कांग्रेसको पनि सरकार बन्न सक्छ। मिलिजुलिको सरकार बनाउ भन्ने खालको स्थिति विकास भएको छ। कुनै पक्षलाई लिएर नबुझेको भान बनाउन खोजेको महसुस हुन्छ। आपसी समझदारी रहेको हुन सक्छ।

कांग्रेसलाई चाहिएको हो राष्ट्रपति या अरुलाई हो त ?
राष्ट्रपति सबैलाई चाहिएको हो। राष्ट्रपति नभए त सरकार चल्न सक्दैन। कुनै कार्यको बारेमा राम्रो र महत्वपूर्ण पक्षको खोज र सोचमा आधारित नरहेको छ। समाज कस्तो रुपमा अगाडि बढाउने भन्ने कुरामा अन्योल रहेको पो हुन सक्छ।

सरकारले पाएको विश्वासको मत अल्पमतमा जाने सम्भावना कति छ ?
नेपालमा यो भनाई धेरै मात्रामा सम्भव रहेको छ। संविधानको समर्थन झिक्छु भनेर पाइन्न। गाँठो बन्धनका पाटीले छोडेमा ढाल भएर आउनु पर्छ। देशको विकासका लागि उच्चताको भावना विकास हुन जरुरी छ। सरकार खतरामा छ, अल्पमतमा पर्न सक्छ।

माओवादी केन्द्रले ३२ सिट प्राप्त गरेर सरकार सञ्चालन गरिरहेको अवस्थामा सबै पाटी झस्केको जस्तो पनि देखिन्छ, यसलाई मिलाउन के गर्नु पर्ला ? पुष्पकमल दाहाललाई कतिको चुनौती होला ?
पुष्पकमल दाहाललाई समस्या तथा चुनौती धेरै आउन सक्छन्। समर्थन गरेको भए किन भोट दिन आवश्यक थियो त ? सिटमा बस्दैमा ऊ प्रतिपक्ष हुन्छ त्यो कदापि हुँदैन। आफ्नो पदको लागि नेताहरूले हरेक काण्ड मच्चाएको अवस्था रहेको छ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : १६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने