मन्त्रीहरुलाई प्रधानमन्त्रीले काम दिएर परिचालन गर्नुपर्छ | Khabarhub Khabarhub

मन्त्रीहरुलाई प्रधानमन्त्रीले काम दिएर परिचालन गर्नुपर्छ

‘कार्यक्रम उद्घाटन गर्ने र रिबन काट्ने काम प्रधानमन्त्रीले गर्नु हुँदैन’


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय अंकगणितले शक्तिशाली यो सरकार यति बेला धेरै समस्याको चाङ बोकेर बसेको छ । अब यो सरकारले लामो समयदेखि देश र जनतामा जरा गाडेर बसेका समस्याहरूलाई समाधान गर्ला भनेर धेरैले अपेक्षा गरेका छन् । यो सरकारको जति यसको अंकगणितिय शक्ति छ, त्यसको आधारमा लामो समय देखि कचल्टिएर रहेका समस्यालाई समाधान गर्ने खालका काम गर्ला त ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता लोकेश ढकालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

यो सरकारले देश र जनताका समस्या समाधान गर्ला ?
एउटा राजनीतिक दलको नेताको परिवर्तनले मात्र समस्या समाधान हुँदैन । नेपाली राजनीतिमा २०६४ यताको दुई वटा संविधान बनेर पनि देश र जनतालाई खुसी बनाउन सकेको छैन । पहिलो कुरा नेपाली राजनीतिमा स्थायित्व नै भएन । नेपालको राजनीतिक इतिहासमा ९९ दशमलव २५ प्रतिशत सांसदको समर्थन हुन्छ । तर यति हुँदा नै प्रधानमन्त्री शक्तिशाली हुन्छ समस्या समाधान हुन्छ भन्ने छैन । दाउपेचको राजनीतिको परिणाम हो ।

प्रधानमन्त्री अहिले भागबन्डामा लाग्नु परेको छ, त्यसमा कसरी विकास होला ?
विकास गर्न पहिला त सरकारमा स्थायित्व चाहिन्छ । अहिले प्रचण्ड एकल बहुमत हैन नि । हिजो नेकपा माओवादी र एमालेको बिचमा एकता भए पछि झन्डै २ वर्ष मधेसको साथमा सरकार चलाउँदा त टिक्न सकेन । अहिले ७ वटा पार्टीहरू छन् त्यसमा सबैलाई मिलाउनु पर्दछ । ओलीलाई पनि ३ वर्षमा बाहिर केही गर्न त परको कुरा आन्तरिक द्वन्द्व मिलाएर बस्नु परिरहेको छ । माओवादीको त्यस्तै समस्या छ । कांग्रेस पनि यो देशको सबै भन्दा ठुलो पार्टी भयो । तर समस्या र प्रवृत्ति उस्तै छ ।

कांग्रेसले षड्यन्त्रका रूपमा मत भार दियो अनि त्यो प्रचण्डलाई भार भयो भन्ने हो ?
कांग्रेसले षड्यन्त्रका रूपमा मत दियो भन्दा पनि प्रधानमन्त्री आफै पूर्व प्रधानमन्त्री कहाँ पुगे पछि यो अवस्था आएको हो । यो अहिलेको सरकारमा विदेशी शक्तिको चलखेल छैन भनेर भन्न सकिँदैन । सरकारमा ओलीले दुई पटक संसद् विघटन गरेको अवस्थामा नेकपा एकिकृत समाजवादीका अध्यक्ष र माओवादीका अध्यक्ष बन्नु होस भने पछि प्रधानमन्त्री बन्नु एउटा कुरा हो । निर्वाचनमा गठबन्धन गरेपछि गठबन्धनको धर्मलाई स्विकार्नु पथ्र्यो । जुन दिन नेपाली कांग्रेसको एक्लै कार्य समितिको बैठक र पदाधिकारीहरूको बैठकले राष्ट्रपति पनि हामीलाई नै चाहिन्छ, प्रधानमन्त्री पनि हामीलाई नै चाहिन्छ भनेपछि गठबन्धनको धर्म निर्वाह गरेको देखिएन । प्रचण्ड बिच्किएर एमालेसँग जानुको प्रमुख कारण कांग्रेस हो । कांग्रेस दलहरूको पनि दल हो । उसले त दलहरूलाई पनि मिलाएर लैजानु पर्दछ । नेपालको राजनीतिमा संसदीय पद्धतिको जननी हो कांग्रेस ।

कांग्रेसको यो गैरसंसदीय अभ्यास हो ?
त्यो कांग्रेस आफैले विश्वास गरेको संसदीय पद्धतिको मूल्य र मान्यता विपरीत प्रतिपक्ष विहीन अवस्थामा देशलाई पुर्‍याउनु गैरसंसदीय अभ्यास नै हो ।

अब प्रचण्डले सबैलाई मिलाएर लैजान सक्छन् त ?
आशावादी हुनु एउटा हो । प्रधानमन्त्रीले ९९ दशमलव २५ संसदको बहुमत पाउँदैमा म सक्षम हुँ भनेर खुसी हुनु पर्दैन । अहंकारमा अल्झेर बस्न कांग्रेसले बहुमत दिएको हैन । त्यसैले यो सरकारले हरेक भ्रष्टाचारको अन्त्य होस् र सुशासन कायम होस् भनेर काम गर्नुपर्छ । अहिले सात दललाई कसरी मिलाउने भनेर मात्र लाग्नु भएन । नाम मात्र माओवादी केन्द्र हो । पछिल्ला वर्ष लगातार खिइँदै गइरहेको छ । गठबन्धन नभएको भए माओवादीको हालत के हुन्थ्यो सबैलाई थाहा छ ।

यो सरकारले जनताले महसुस गर्ने गरी के गर्नु पर्ला ?
पहिला त राजनीतिक अस्थायित्व हुनु पर्याे । सबैलाई खुसि बनाउनु पर्याे । गर्न चाहने व्यक्तिले विकास गर्दछ । जति सक्छ, जनताको लागि गर्ने छु भन्नु पर्याे अनि मात्र विकास हुन्छ । रिबन काट्दै हिँडेर समस्या समाधान हुँदैन । प्रधानमन्त्री के कतिसम्म जाने त्यो निर्धारण गर्नु पर्याे । जति मन्त्रीहरूले काम गर्छन्, त्यसको निर्धारण गर्ने प्रधानमन्त्रीले हो । भ्रष्टाचार तुरुन्त अन्त्य गर्नु पर्याे । अर्थतन्त्रमा सुधार गर्नु पर्याे । तत्काल सबै एकै पटक गर्न पर्छ भन्ने छैन । जनतालाई आशाका किरण छर्नु पर्याे ताकि यो सरकारले केही गर्दै छ है भन्नु पर्याे ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ४८ बजे

डच भाषाशास्त्री जर्ज भान ड्रिमको ‘अ ग्रामर अफ लिम्बू’ विमोचन

तेह्रथुम– डच भाषाशास्त्री हल्यान्ड निवासी जर्ज भान ड्रिमद्वारा लिखित ‘अ

एकल महिलाका छोरीलाई नगद सहयोग

कैलाली– कैलालीको गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन 

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले