देश बनाउने मिसनमा सिंहदरबार जान पाएको छैन | Khabarhub Khabarhub

देश बनाउने मिसनमा सिंहदरबार जान पाएको छैन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेस देशको सबै भन्दा ठुलो दल बनेको छ । तर लोकप्रिय मतमा भने कांग्रेसलाई एमालेले उछिनेको छ । माओवादीलाई गठबन्धनमा सुरक्षित राख्न नसक्दा एमाले सरकारमा गयो भने कांग्रेस सत्ताबाट हात धोएर बस्नु परेको छ । यस्तो अवस्थामा पनि नरुचाएको नेतृत्व बर्चश्वका साथ निर्णायक हैसियतमा छ । दोस्रो पुस्ता भनिएका र दोस्रो तहका नेताहरू पनि आफ्नो सहायक राजनीतिक भविष्य सुरक्षामा अन्योलताका कारण अन्योलमा परेका छन् । नेपाली कांग्रेस सत्ता पक्ष हो कि प्रतिपक्ष हो भनेर भन्न सकिएको छैन । अब नेपाली कांग्रेस कसरी अगाडि बढ्ला ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंशः

चुनावपछि कांग्रेस विकासतर्फ लागेको हो कि सत्ताको लोभमा फसेको हो ?
कांग्रेसभित्र र बाहिर जुन अपेक्षा थियो, आफू भित्र एउटा ऊर्जा उत्साह र संकल्प जे थियो त्यो पुरा गर्न सकिएको छैन । सभापति भनेको सभापति नै हुने रहेछ । मैले पार्टीमा शीर्ष नेताहरूकै सम्पत्ति छानबिन गर्नु पर्दछ भने त्यो छानबिन नै भएन । म भित्र भएको आँट साहसलाई राखे, तर कार्यान्वयन भएन म सभापति भएको भए कार्यान्वयन गराउँथे । अहिले त्यति मात्रै भन्नुपर्छ । सभापतिले गर्दा नै कांग्रेस चुनावपछि विकासतर्फ लाग्नुपर्नेमा सत्ताको लोभमै फसेको हो कि भन्ने महसुस सबैलाई फसेको देखिन्छ ।

तपाईंहरु आफू केही गर्न नसक्ने दोष सभापतिलाई दिएर पानी माथिको ओभानो बन्न खोजेको हो ?
हामी आफू पनि प्रमुख पदाधिकारी भित्र नै छौँ । त्यसमा हामीले देखिने गरी काम गर्नु पर्दथ्यो । धेरै हामीमा पनि गल्ती कमी कमजोरी रहे । एक वर्ष गयो । अबको दिनमा तीन विगतका कमजोरी पुनःमूल्यांकन गरेर अघि बढ्नुपर्छ ।

अब कहिले हतार गरेर जनताको भावनालाई पुरा गर्न हुन्छ ?
मुलुक, जनता र देशको लागि हामीले फड्को मार्नु पर्दछ । त्यहाँ हामीले देखिने गरी काम गर्नु पर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी जुन ६ महिनामा नै सरकारमा पुगेको छ त्यो बाट पनि हामीले केही सिक्नु पर्दछ । अहिले नेपालको राजनीति धेरै बिग्रीएको छ । प्राय सबै पार्टीहरूमा हामीले गर्नु पर्ने काम एकातिर छ, तर हामी अर्को तिर गएको छौँ । काम गर्ने हो सस्तो लोकप्रियताको लागि काम गर्ने हैन । कामको लागि धनराज गुरुङले सिंहदरबारमा अहिले सम्म पाइला टेक्न पाएको छैन । काम गर्ने भनेको कार्यकारी हो । देश बनाउने सपना देखेर पनि सिंहदरबारमा बसेर काम गर्ने अवसर पाएको छैन ।

सबै मिलाउन सक्ने ठुलो पार्टी नेपाली कांग्रेस भएपनि तपाईंहरुकै नेतृत्वको कारणले हातबाट सत्ता खुस्कियो भन्ने धेरैको भनाई छ, त्यसको अपजस कसले लिन्छ ?
यसमा निश्चित रूपमा हामी चुक्यौँ । संविधानको धारा ७६ को उपधारा २ मा नै जानु पर्दछ सबैलाई मिलाएर लानु पर्दछ भन्ने थाहा हुँदा हुँदै पनि यो परिवेश आयो । चुनाव सम्पन्न भए पछि सरकार बनाउने बेला राजनीतिक नीति नियम तोड्नु हामीबाट गल्ती भएको नै हो । यो सबै हुँदा हामीलाई, महामन्त्रीहरू कसैलाई पनि बोलाइएन, बोलाएको भए यो सबै हुँदैनथ्यो ।

अब कसरी परिवर्तन गर्नु हुन्छ ?
हामीले विगतमा जुन कमी कमजोरी गर्यौ त्यो अब गर्नु हुँदैन । त्यसमा हामीले पनि आफ्नो जिम्मेवारी निभाउनु  पर्‍यो। हामी भित्र कमीकमजोरी जे भए अहिले पनि जनताको अपेक्षा हामी सँगै छ । त्यो अपेक्षा अनुसार हामी जानु पर्दछ । प्रतिकुल परिस्थितिलाई अनुकूल बनाउने दायित्व, जिम्मेवारी कला राजनीतिक दलमा हुनु पर्दछ ।

प्रचण्ड सरकारलाई समर्थन दिने काम सही थियो ?
हामी सबै कांग्रेस दलले निर्णय गरेर ८८ जनाले प्रधानमन्त्रीलाई बहुमत दियौँ ।

तपाईँले के आधारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभयो ?
जब हाम्रो कार्य सम्पादन समितिले विश्वासको मत दिँदा यहाँ धेरै समस्याहरू छन् । पहिला त देश कहाँ रहने त्यो ध्यान दिनु पर्दछ । आज कर्मचारीमा तलब खुवाउने पैसा पनि छैन । त्यसमा हामीले त प्रधानमन्त्रीलाई तपाई ढुक्क भएर अगाडि बढ्नुहोस्, नेताहरूको भ्रष्टाचार छानबिन गर्नुस्, हामी प्रतिपक्षले पनि समर्थन गर्यौ है, कहाँ कहाँ के सहयोग गर्नु पर्दछ हामी त्यो गर्छौ है भनेर भनेका हौँ । सबै भन्दा ठुलो धर्म भनेको देश र जनता हो । अहिले जुन समस्याहरू छन् त्यसलाई समाधान गर्न हामी पनि साथ दिन्छौँ है भनेर भनेको हो ।

देशी विदेशी शक्तिले समेत अहिलेको सरकारको अनुकूल विश्वासको मत दिएर कांग्रेसलाई भूमिकामा ल्याउन चाहेको र अहिलेका ओलीले जसरी गठबन्धन बनाए त्यसलाई टुटाउन चाहेको छ, त्यसबाट प्रभावित भएर नेपाली कांग्रेसले यो रणनीति गरेको भनिन्छ नि ?
देशी शक्ति भनेको जनता हो । विदेशी शक्ति म चिन्दिन । विदेशी शक्तिको हाते लौरो टेरेर सरकारमा जानु भन्दा प्रतिपक्षमा बस्नु निकै राम्रो हो । राजनीतिमा रणनीति हुन्छ, तर यसमा रणनीति छैन ।

लोकतन्त्रमा युवा आओस् सेवा प्रवाह गरोस् भन्ने हुन्छ, त्यस अनुरूप लाग्ने तयारी गर्नु भएको छ ?
मुलुक र जनतालाई केन्द्रमा राखेर त्यस्तो एजेन्डा आयो भने हामीले समर्थन गर्नु पर्दछ । प्रतिपक्ष भनेको ‘वाचडग’ हो । अहिले देशको आर्थिक अवस्था निकै  खुम्चिएकोछ । प्रतिपक्ष भनेको आन्दोलन नै गर्ने, सडकको इँटा उक्काइ हाल्ने सांसदभित्र कुर्सी भाँच्नु नै पर्ने तर तलब भत्ता खानु नै पर्ने भन्ने मान्यता छ ।

अब गठबन्धनबाट धोका हुँदैन नि ?
हामीलाई धोका भएर केही हुँदैन । तर देश र जनतालाई धोका दिनु र हुनु भएन । ७६ वर्ष पार गरेको छ कांग्रेसले । ठूला ठूला क्रान्ति गरेर आएको छ अब पनि आर्थिक समस्यामा क्रान्ति आवश्यक छ ।

कांग्रेसमा पुराना नेताहरू जड गाँडेर बसेका छन्, यो परिवर्तन गर्न चाहन्छौँ भन्ने व्यक्तिलाई पनि निराश बनाएको छ ?
मेरो मिसन भनेको देश बनाउने हो । हामी सिंगो मुलुकलाई विकास तर्फ लैजान चाहन्छौँ । देश बनाउन सबै उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्दछ । राम्रो काम गर्न विश्वासको मत दिएको हो सरकारलाई यो काम गर्नु नै पर्दछ ।

देउवा र प्रचण्डबीच हुन सक्ने पुनर्मिलनलाई प्रक्षेपण गरौँ न ?
नेपाली राजनीतिमा प्रेम र धोकाको शृङ्खला लामै छ । कति बेला के हुन्छ, थाहा नै नहुने छ । यो देशमा सुशासन कायम गर्नु पर्दछ, भ्रष्टाचार अन्त्य गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : २९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने