कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक : प्रचण्ड « Khabarhub

कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक : प्रचण्ड


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्रीले भने, ‘संविधानमा समाजवादउन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सरू भएको छ। तपाईँहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।

प्रचण्डले भने ,’राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु।’

‘जनयुद्ध, थारू, मधेस लगायत  विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ। यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकोले यो विषयमा अब संसदबाट नै विधेयक गरेर अघि बढ्छौँ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ५५ बजे

नक्कली  शरणार्थी प्रकरण : जिल्ला अदालतले लियो १८ जना अभियुक्तको  बयान 

काठमाडौँ– काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि

दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन

काठमाडौं– नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९

बीआरआईका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनलाई माओवादी नेताको प्रस्ताव

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

गबरोन- अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२