कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक : प्रचण्ड « Khabarhub

कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक : प्रचण्ड


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्रीले भने, ‘संविधानमा समाजवादउन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सरू भएको छ। तपाईँहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।

प्रचण्डले भने ,’राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु।’

‘जनयुद्ध, थारू, मधेस लगायत  विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ। यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकोले यो विषयमा अब संसदबाट नै विधेयक गरेर अघि बढ्छौँ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ५५ बजे

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले