थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसङ्घ « Khabarhub

थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसङ्घ


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति ‘मिशन’ थप कर्मचारी र सैनिक बिना दिगो हुन नसक्ने निष्कर्षसहित राष्ट्रसङ्घले प्रतिवेदन निकालेको पाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले फेला पारेको उक्त प्रतिवेदनमा यस मिशनलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको पाइएको छ । प्रतिवेदनमा उक्त मिशनका मुख्य शर्त पालना नभएमा सेना फिर्ता गर्नेसम्मका सुझाव पनि दिइएको छ ।

अतिवादी इस्लामिक लडाकुको निरन्तर आक्रमणका कारण पतनको बाटोमा रहेको मालीलाई जोगाउन शान्ति मिशन स्थापना गरिएको भए पनि त्यहाँको सुरक्षा स्थिति निरन्तर बिग्रँदै गएको बताइएको छ ।

उक्त देशको वर्तमान अवस्थालाई लिएर महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदनमा पनि यसलाई स्वीकार गरिएको छ । महासचिवले प्रतिवेदनमा मालीको वर्तमान स्थिति दिगो नरहेको उल्लेख गरेका छन् । शान्ति स्थापनाका निम्ति खडा गरिएको मिशन नै अशान्त रहेको आशय प्रतिवेदनमा व्यक्त गरिएको छ ।

करिब नौ वर्षदेखि मालीमा सबैभन्दा धेरै सैनिक परिचालन गरेको राष्ट्र फ्रान्स गत अगस्ट महिनामा फिर्ता भएपछि यस मिशन बढ्दो दबाबमा परेको छ ।

उक्त मिशनले परिषद्ले दिएको कार्यादेश कार्यान्वयन नभएकामा पनि महासचिव असन्तुष्ट रहेको बताइएको छ । यसअघि थप आर्थिक व्ययभार नपर्ने गरी मालीको केन्द्रीय क्षेत्रलाई मिशनअन्तर्गत समावेश गर्न निर्देशन दिइएको थियो ।

सुरक्षा परिषद्को कार्यादेश कार्यान्वयन नहुँदा मालिका जनता तथा अधिकारीले पनि उक्त मिशनको आलोचना गरेका छन् । महासचिवले समस्याको समाधानका निम्ति तीन वटा प्रस्ताव पनि अघि सारेका छन् ।

माली मिशनलाई सबै क्षेत्रमा सैनिक परिचालनलगायत कार्यादेश कार्यान्वयनका निम्ति पूर्ण अधिकार प्रत्यायोजन गर्ने, सैनिक र प्रहरी कर्मचारी तीन हजार छ सय ८० वा दुई हजारमा राख्ने सामान्य योजना पनि अघि सारिएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ०७ बजे

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन्

सोबिताले गरिन् मतदान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा