हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन « Khabarhub

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरि काम गर्न आग्रह गरे ।

हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। ‘हवाई पूर्वाधार विकासमा फड्को मार्नेगरी काम गर्नुस्, देशलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण र सुरक्षाको क्षेत्रमा फड्को मार्नुपर्छ । हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न गर्नेतर्फ बसैको ध्यान जान जरुरी छ’, मन्त्री किराँतीको भनाइ उद्धृत गर्दै प्रवक्ता निरौलाले भने ।  

पर्यटनमन्त्री किराँतीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिएका थिए । क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताए ।

पर्यटनमन्त्री किराँतीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : ४७ बजे

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०